भुमिहिन र अव्यवस्थित बसोबासको समस्या पहिलो प्राथमिकताकासाथ समाधान गर्ने बलदेवको प्रतिबद्धता

Share :

अर्जुधारा । अर्जुनधारा नगरपालिकाको मेयर पदका उम्मेद्वार बलदेव गोम्देन तामाङले भुमिहिन र अव्यवस्थित बसोबासको समस्या पहिलो प्राथमिकताकासाथ समाधान गर्ने बताउनु भएको छ ।

नेकपा एमालेबाट मेयर पदका प्रत्यासी गोम्देनले अर्जुनधारामा रहेका भुमिहिन जनताहरुलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासमा रहेकाहरुलाई जग्गा धनिपुर्जा बितरण गर्ने आफु नेतृत्वको  स्थानीय  सरकारको पहिलो प्राथमिकता हुने प्रतिबद्धता जनाउनु भएको हो ।

अर्जुनधारा नगरपालिकाको ४ नम्बर वडाका जनतालाई चुनावी घरदैलोका क्रममा आयोजित कोणसभामा आज सम्बोधन गर्दै तामाङले सुकुम्बासी समस्या समाधानकालागि अर्जुनधारामा भुमि व्यवस्थापन शाखा समेत निर्माण भएकाले आफुहरुको नेतत्वले पहिलो प्राथमिकताकासाथ भुमि सम्बन्धि समस्याको समाधान गर्ने बताउनुभयो ।


उहाँले स्थानीय जनताले जोतभोग गरिरहेको अव्यवस्थित जग्गाको लगत संकलनका क्रममा स्थानीय सरकारले संकलन गरेको राजस्व सुरक्षित रहेको भन्दै हल्लाकापछि नलाग्न समेत आग्रह गर्नुभयो ।

यसअघि अर्जुनधारा नगरपालिकाले अव्यवस्थित जग्गाको लगत संकलनको क्रममा प्रतिकठ्ठा ५ सय रुपौँयाको दरले राजस्व संकलन गरेको थियो ।

सम्बोधनका क्रममा गोम्देनले जनताले जोतभोग गरिरहेको तथा अव्यवस्थित बसोबास भएको स्थानको प्रति १० कठ्ठा जग्गाको धनिपुर्जा निशुल्क उपलब्ध गराउने समेत प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय