एक घर एक रोजगार सिर्जना गर्छौ : बलदेव

Share :

अर्जुनधारा । नेकपा एमालेका तर्फबाट अर्जुनधारा नगरपालिकाको मेयर पदका उम्मेद्वार बलदेव गोम्देन तामाङले अर्जनधारा नगपालिकामा एक घर एक रोजगार सिर्जना गर्ने योजनाकासाथ काम गर्ने बताउनु भएको छ ।

चुनावी घरदैलोका क्रममा आज अर्जुनधारा १ मा आयोजित कोणसभालाई सम्बोधन गर्दै गोम्देनले आफुहरुलाई जिताउन आग्रह गर्दै आफुहरु नेतृत्वमा आए अर्जुनधारामा एक घर एक रोजगार सिर्जना गर्ने बताउनुभएको हो ।

गोमदेनले १ नम्बर वडामा देखीएको नदि कटान र उत्खन्नको समस्यालाई स्थानीय सरकारले प्राथमिकताकासाथ हल गर्ने बताउनु भयो । उहाँले कृषीमा आधुनिकीकरण, शिक्षा, स्वास्थ्य लगायतका बिषयलाई आफुहरुले पहिलो प्राथमिकतामा राख्ने बताउनु भयो ।


कार्यक्रममा उपमेयर पदकी उम्मेदवार खडगमाया पराजुली र १ नम्बर वडाका वडाअध्यक्ष पदका उम्मेदवार बिष्णुलल ढकालले पनि स्थानीय जनताका गुनासो र समस्याहरुलाई पालिका सरकारले पहिलो प्रथामिकताका साथ समाधान खोज्ने बताउनुभयो ।

अर्जुनधारा १ मा वडासदस्य पदमा उम्मेदवार बनेका उम्मेद्वारहरुले मतदाताहरु समक्ष आफुहरुलाई सूर्य चिन्हमा मतदान गरि विजयी गराउन आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय