‘स्थानीय तहमा एमालेले बर्चस्व राख्छ’– अध्यक्ष ओली

Share :

भद्रपुर । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले बर्चस्व राख्ने दाबी गर्नुभएको छ ।झापाको सदरमुकाम रहेको भद्रपुरमा नेकपा एमाले निर्वाचन परिचालन कमिटी भद्रपुरले आज आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले सिर्जना गरेको विकासको लहर देखेर एमालेप्रति आकर्षण र विश्वास अझ बढेका कारण आममतदाताले सूर्य चिन्हमा मतदान गर्ने र पुनः स्थानीय तहमा एमालेको बर्चस्व कायम हुने दाबी गर्नुभयो ।

भद्रपुरको वडा नं ३ अन्तर्गत रहेको ज्ञानेचोकमा आयोजित चुनावी सभामा अध्यक्ष ओलीले नेकपा एमालेप्रतिको जनलहर र उत्साह देखेर आत्तिएका सत्तासीन गठबन्धनका दलहरुले स्थानीय तहको निर्वाचनमा पनि गठबन्धन गरेको तर त्यो गठबन्धन पनि एमालेका अगाडि नटिक्ने उद्घोष गर्नुभयो ।

सोही समारोहमा नेकपा एमाले भद्रपुरको चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै अध्यक्ष ओलीले भद्रपुरमा आफ्नो नेतृत्वको सरकार र एमालेका जनप्रतिनिधिहरुको स्पष्ट बहुमत रहेको भद्रपुर नगरपालिकामा धेरै महत्वपूर्ण अयोजनाहरु सम्पन्न भएको र भद्रपुरको इतिहासलाई जीवन्त राख्नेखालका योजनाहरु अघि बढिसकेको बताउँदै नगरको प्रमुख पदका उम्मेद्वार युवा नेता असारु राजवंशीको नेतृत्वमा ती योजना पूरा हुने विश्वास व्यक्त गर्नुभयो ।


भद्रपुर नगरपालिकामा जीवनकुमार श्रेष्ठ नेतृत्वको जनप्रतिनिधिहरुले पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पशु, सामाजिक, रोजगार, सुचना–प्रविधि, मानव संसाधन, विपद् व्यवस्थापनलगायतमा क्षेत्रमा गरेका विकासलाई उपलब्धिका रुपमा ग्रहण गर्दै जनचाहना अनुसारको भावी योजना समेटिएको प्रतिबद्धतापत्र पार्टीका उपाध्यक्ष एवम् संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङ, स्थायि कमिटी सदस्य तथा पूर्व कानून मन्त्री अग्नि खरेल, प्रदेश नं १ अध्यक्ष देवराज घिमिरे, स्थायी कमिटी सदस्य तथा प्रदेश १ का पूर्व आन्तरिक मामिला मन्त्री हिक्मत कार्की, केन्द्रीय पोलिटव्यूरो सदस्य देवेन्द्र दाहाल, केन्द्रीय सदस्य दुर्गा प्रसाईं, संविधानसभा सदस्य जीतु गौतम, संविधानसभा सदस्य हरि राजवंशी, नगरप्रमुखका उम्मेद्वार असारु राजवंशी, उपप्रमुख उम्मेद्वार कौसिल्या अधिकारीलगागतले संयुक्तरुपमा सार्वजनिक गर्नुभएको थियो ।

सभालाई सम्बोधन गर्दै नगरप्रमुखका उम्मेद्वार असारु राजवंशीले भद्रपुर नगरपालिकाको पुसरानो साखलाई जीवन्त बनाउन यसअघिको नेतृत्वले अघि बढाएका कामहरुलाई निरन्तरता दिँदै नयाँ कामहरुको थालनी गर्ने प्रतिबद्धताका साथ चुनावी मैदानमा उत्रिएको नेकपा एमालेलाई मत हालेर विजयी गराउन आह्वान गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय