महिलाले आसन पाए सुशासन कायम हुन्छ : उपमेयर प्रत्यासी खड्गमाया पराजुली

Share :

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाको उपमेयर पदकी उम्मेदवार खड्गमाया पराजुलीले महिलाले आसन पाए सुशासन कायम हुने बताउनु भएको छ ।

नेकपा एमालेको तर्फबाट उपमेयर पदकी उम्मेद्वार बन्नुभएकी पराजुलीले आज अर्जुनधारा ३ मा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।

उहाँले अहिलको परिस्थितिमा महिलालाई नेतृत्व गर्नकालागि आसन चाहिएको भन्दै आसन पाए भाषण गर्न सक्ने र भाषण गर्न जानेका महिलाले शासन गर्न सक्ने बताउदै महिलाले शासन गरे सहज रुपमा सुशासन कायम हुने बताउनु भएको हो ।


उहाँले अर्जुनधारामा सुशासन कायम गर्न नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका ५७ जना उम्मेदवारहरुलाई सूर्य चिन्हमा मतदान गरि विजयी गराउन समेत आग्रह गर्नुभएको थियो ।

कोणसभामा एमालेबाट ३ नम्बर वडाका वडाअध्यक्ष पदका उम्मेदवार हरि वाग्ले, मेयर पदका उम्मेदवार बलदेव गोम्देन तामाङ र एमाले झापा जिल्ला उपाध्यक्ष तथा संबिधानसभा सदस्य प्रेम गिरि लगायतका नेताहरुले नेकपा एमालेका उम्मेदवारहरुलाई सूर्य चिन्हमा मतदान गरि विजयी गराउन आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय