समुदाय स्तरका समस्या समाधानलाई पहिलो प्राथमिकता दिने बलदेवको प्रतिबद्धता

अर्जुनधारा । नेकपा एमालेका तर्फबाट अर्जुनधारा नगरपालिकाको मेयर पदका उम्मेद्वार बलदेव गोम्देन तामाङले समुदाय स्तरमा देखिएको समस्या समाधान आफ्नो पहिलो प्रथमिकता हुने बताउनु भएको छ ।

चुनावी घरदैलोका क्रममा आज अर्जुनधारा ३ मा आयोजित कोणसभालाई सम्बोधन गर्दै गोम्देनले समुदाय स्तरमा देखिएको समस्याहरुको समाधान आफ्नो पहिलो प्राथमिकता हुने बताउनु भएको हो ।


गोमदेनले ३ नम्बर वडामा देखिएको हात्ति आतंक, बाटो स्तरोन्नती, नदि नियन्त्रण, कृषीमा आधुनिकीकरण, शिक्षा, स्वास्थ्य लगायतका बिषयलाई स्थानीय सरकारले पहिलो प्राथमिकतामा राख्ने बताउनु भएको हो ।


३ नम्बर वडाको बुढी सुखानी, जुकेखाडी, अमलडाँगी र शान्ति चोकमा भएको कोणसभामा स्थानीय जनताहरुले राखेको बिभिन्न समस्या र गुनासोको सम्बोधन गर्दै मेयर पदका प्रत्यासी गोमदेनले समुदाय स्तरमा हालै देखिएका समस्या समाधान गर्नु आफ्नो पहिलो प्राथमिकता हुने प्रतिबद्धता जनाउनु भएको हो ।

उहाँले ३ नम्बर वडाको गहनाको रुपमा विकास हुँदै गरेको कैदले पर्यापर्यटन क्षेत्रलाई समेत बिशेष महत्वका साथ विकास गर्ने बताउनुभयो ।

कार्यक्रममा ३ नम्बर वडाका वडाअध्यक्ष पदका उम्मेदवार हरि वाग्ले, उपमेयर पदकी उम्मेदवार खडगमाया पराजुली र एमाले झापा जिल्ला उपाध्यक्ष तथा संबिधानसभा सदस्य प्रेम गिरि लगायतका नेताहरुले नेकपा एमालेलाई सूर्य चिन्हमा मतदान गरि विजयी गराउन आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
सम्बन्धित
\

लोकप्रिय

लोकप्रिय