आज अन्तर्राष्ट्रिय श्रमिक दिवस

Share :

काठमाडौं । आज अन्तर्राष्ट्रिय श्रमिक दिवस । हरेक वर्ष मे १ तारिखका दिन नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रम आयोजना गरी अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने गरिएको छ ।

यसपटक १ सय ३३ औं श्रमिक दिवसका अवसरमा विभिन्न मजदुर संगठनले श्रमिक अधिकार र सामाजिक सुरक्षाको लागि बिविध कार्यक्रम गर्दैछन् ।

सन् १८८६ मा अमेरिकाको शिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाउने गरिएको हो ।


नेपालमा विराटनगरमा २००७ सालको मजदूर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो । २०४६ सालको राजनीतिक परिवर्तनसँगै सरकारले यो दिवसका दिन सार्वजनिक बिदा दिन थालेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय