अर्जुनधारालाई नेपालकै उत्कृष्ट नगर बनाउछौं : बलदेव

Share :

अर्जुनधारा । नेकपा एमालेका तर्फबाट अर्जुनधारा नगरपालिकाको मेयर पदका उम्मेदवार बलदेव गोम्देन तामाङले अर्जुनधारा नगरपालिकालाई नेपालकै उत्कृष्ट नगरपालिका बनाउने अठोट रहेको बताउनुभएको छ।

एमाले अर्जुनधाराले वडा नम्बर ९ मा गरेको मतदाता भेटघाट तथा चुनावी कोणसभालाई सम्बोधन गर्दै गोम्देनले अर्जुनधारालाई नेपालकै उत्कृष्ट नगरपालिका बनाउने अठोटकासाथ आफहरु चुनावी मैदानमा होमीएको बताउनुभयो । उहाँले अर्जुनधारालाई उत्कृष्ट बनाउने आफ्नो मात्र नभई सम्पूर्ण नगरबासीको चाहाना भएकाले अफुलाई मतदान गरी विजयी गराउन आग्रह गर्नुभयो ।

गोम्देनले सरकारी बिद्यालयलाई निजि सरहको गुणस्तरीय बनाउनकालागि आफुले भुमिका खेल्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । उहाँले कृषीमा आधारित नगरपालिका भएकाले कृषी क्षेत्रलाई प्राथमिकतामा राख्दै अर्गानिक उत्पादनमा निर्भर नगरपालिका बनाउने बताउनुभयो ।


कार्यक्रममा नेकपा एमालेको तर्फबाट अर्जुनधारा नगरपालिकाको उपमेयर पदकी उम्मेदवार खड्गमाया पराजुलीले व्यवस्थीत नगरपालिका निर्माणकालागि सुशासनलाई सुदृढ बनाउदै बालबालिका तथा जेष्ठ नागरिक सबैको सारथी बन्ने स्थानीय सरकारको निर्माण गरिने बताउनुभयो ।

कार्यक्रममा नेकपा एमालेबाट अर्जुनधारा ९ नम्बर वडाको वडाअध्यक्ष पदका उम्मेदवार नरेन्द्र बहादुर राई, वडासदस्य पदका उम्मेदवारहरु बुद्धिमान लिम्बु, अम्बर बहादुर थापा, गौरीमाया चिमरिया नेपाल र खड्गमाया पौडेल वि.क.ले पनि मतदाता समक्ष वडाको विकासकालागि सूर्य चिन्हमा मतदान गरि आफुहरुलाई अत्याधिक बहुमतकासाथ विजयी गराउन आग्रह गरेका थिए ।

चुनावी कोणसभा तथा मतदाता भेटघाट कार्यक्रममा नेकपा एमाले झापा जिल्ला इन्चार्ज तथा पूर्व मन्त्री अग्नि खरेल, प्रदेश कमिटी सदस्य तथा अर्जुनधारा नगरपालिकाका मेयर हरीकुमार राना, एमाले झापा उपाध्यक्ष तथा सबिधानसभा सदस्य प्रेम बहादुर गिरी लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

एमाले अर्जुनधाराले भोली मेयर उपमेयरको उम्मेदवारसहित ११ नम्बर वडामा मतदाता भेटघाट तथा चुनावी कार्यक्रम गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय