अर्जुनधारा १० मा एमालेको मतदाता भेटघाट कार्यक्रम

Share :

अर्जुनधारा । नेकपा एमाले अर्जुनधाराले आज शुक्रबार १० नम्बर वडामा मतदाता भेटघाट कार्यक्रम गरेको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा अत्याधिक बहुमत हासिलगर्दै विजयी हुने लक्ष्य लिएको एमालेले उम्मेद्वारसहित मतदाता भेटघाट कार्यक्रमलाई तिब्रता दिएको हो ।

नेकपा एमालेका तर्फबाट अर्जुनधारा नगरपालिकाको मेयर पदका उम्मेद्वार बलदेव गाम्देन तामाङ र उपमेयर पदकी उम्मेद्वार खड्गमाया पराजुलीसहित एमालेले आज अर्जुनधारा १० मा मतदाता भेटघाट कार्यक्रम गर्दै बिभिन्न स्थानमा कोण सभा सम्पन्न गरेको हो ।

वडाका बिभिन्न स्थानमा भएको कोणसभामा मेयरका प्रत्यासी गोम्देन र उपमेयरकी प्रत्यासी पराजुलीले आफुहरु अर्जुधारालाई नमुना स्थानीय तह बनाउने भिजनका साथ चुनावी मैदानमा आएको बताउनुभयो ।


केही स्थानमा भएको कोणसभामा स्थानीय जनताले मेयर र उपमेयर पदका आकांक्षीहरुसंग आफ्नो क्षेत्रका समस्याहरु समेत राखेको थिए ।

उम्मेद्वारहरुले स्थानीय जनताको सम्पर्ण समस्याको हलगर्दै नगरपालिकाको विकास गर्न आफुहरु प्रतिबद्ध रहेको बताएका थिए छन् ।

एमालेको तर्फबाट वडा नम्बर १० का वडाअध्यक्ष पदका उम्मेद्वार भुपेन्द्र न्यौपाने, सदस्य पदका उम्मेद्वारहरु रुपेश लिम्बु, डम्बर बहादुर धौराली, तुलसा बिष्ट महतारा र सिता परियारले पनि जनतासमक्ष भेटभाट गर्दै सूर्य चिन्हमा मतदान गरि आफुहरुरलाई विजयी गराउन आग्रह गर्नुभएको थियो ।

स्थानीय जनताको उत्साहपुर्ण सहभागिता रहेको नेकपा एमाले अर्जुनधाराको मतदाता भेटघाट कार्यक्रममा स्थानीय, जिल्ला, प्रदेश तथा बिभिन्न स्तरका नेकपा एमालेका नेता तथा कार्यक्रताको सहभागीता थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय