एमालेबाट अर्जुनधारामा कुन-कुन पदमा को-को उम्मेद्वार ?

Share :

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकाको प्रमुख पदमा नेकपा एमालेका तर्फबाट वलदेव गोम्देन तामाङले उम्मेद्वारी दर्ता गराउनुभएको छ ।

निर्वाचन आयोगले मनोनयनका लागि तोकेको दोस्रो दिन सोमबार नेकपा एमालेका तर्फबाट नगर प्रमुख पदमा गोम्देनले उम्मेद्वारी दर्ता गराउनु भएको हो ।

त्यस्तै नेकपा एमालेको तर्फबाट नगर उपप्रमुख पदमा खड्गमाया पराजुलीको उम्मेद्वारी परेको छ ।


एमालेले अर्जुनधारा १ नम्बर वडाको वडाअध्यक्ष पदकालागि बिष्णुलाल ढकालको उम्मेद्वारी दर्ता गराएको छ । १ नम्बर वडाका सदस्यहरुमा मदन कुमार लिमेल, दिनेश कुमार घिमिरे, मुना खत्री र इन्द्र कुमारी विश्वकर्माको उम्मेद्वारी परेको छ ।

त्यस्तै २ नम्बर वडाको वडाअध्यक्ष पदमा तुलसी प्रसाद खतिवडा र सदस्यहरुमा बल बहादुर समाल, प्रेम उपरकोटी, शर्मिला सुब्बा र विमला रोक्काको उम्मेद्वारी परेको छ ।

अर्जुनधारा ३ मा वडा अध्यक्षमा हरि बहादुर वाग्ले र सदस्यहरुमा नारायण प्रसाद चापागाई, भन्द्रमाया तामाङ, सुमन कुमारी राई र सितादेवी सार्कीको उम्मेद्वारी परेको छ ।

त्यस्तै ४ नम्बर वडाको वडाअध्यक्ष पदमा एकदेव खनाल र सदस्यहरुमा जित बहादुर लिम्बु, अमृत बहादुर बुढाथोकी, राधिका जवेगु र अस्मिता सार्कीको उम्मेदुवारी परेको छ ।

वडा नम्बर ५ मा डम्बर कुमार घिमिरेको वडाअध्यक्ष पदमा र सदस्यहरुमा लक्ष्मी प्रसाद खनाल, रोहित कुमार चौधरी, चन्द्र कुमारी तामाङ र रिता नेपालीको उम्मेद्वारी दर्ता भएको छ ।

६ नम्बर वडाको अध्यक्ष पदमा दिवाकरलाल चौधरी र सदस्यहरुमा टुंमानाथ काफ्ले, भिम राई, रमा निरौला र कल्पना विश्कर्माको उम्मेद्वारी दर्ता भएको छ ।

७ नम्बर वडामा गोविन्द प्रसाद भट्टराईको वडाअध्यक्ष पदमा उम्मेद्वारी परेको छ भने सदस्यहरुमा गोबिन्द प्रसाद खतिवडा, हरी बहादुर कटुवाल, देव कुमार राई, पार्वता देवि न्यौपाने र जानुका विश्कर्माको उम्मेद्वारी दर्ता भएको छ ।

८ नम्बर वडाको वडाअध्यक्ष पदमा कुमार प्रसाद उप्रेतीको उम्मेद्वारी परेको छ भने सदस्यहरुमा ऋषी प्रसाद घिमिरे, मनोज कुमार रैका थापा मगर, मन्जु टुडु र सुजता रसाइलीको उम्मेद्वारी दर्ता भएको छ।

९ नम्बर वडाको वडाअध्यक्ष पदमा नरेन्द्र बहादुर राईको उम्मेद्वारी परेको छ भने सदस्यहरुमा बुद्धिमान लिम्बु, अम्बर बहादुर थापा, गौरीमाया चिमरिया नेपाल र खड्गमाया पौडेल वि.क.को उम्मेद्वारी परेको छ ।

वडा नम्बर १० को वडाअध्यक्ष पदमा भुपेन्द्र न्यौपाने र सदस्यहरुमा रुपेश लिम्बु, डम्बर हादुर धौराली, तुलसा बिष्ट महतारा र सिता परियारको उम्मेद्वारी परेको छ ।

११ नम्बर वडाको वडाअध्यक्ष पदमा खगेन्द्र इङ्नामको उम्मेद्वारी परेको छ । सदस्यहरुमा एमालेका तर्फबाट पूर्ण बहादुर राई, केशव अधिकारी, शुसिला गिरी र सिता कडेल दर्जीको उम्मेद्वारी परेको छ।

प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यसहित एमालेले अर्जुनधारा नगरपालिकामा सबै ५७ वटा पदमा उम्मेद्वारी दर्ता गराएको हो ।

उम्मेद्वारी दिनु अघि नेकपा एमालेले शनिश्चरे चोकमा उम्मेद्वारी घोषण सभाको आयोजना गरेको थियो ।

कार्यक्रममा एमाले झापा इन्चार्ज अग्नि खरेलको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय