मेयरमा १, उपमेयरमा २ सहित अर्जुनधारामा ४१ जनाको उम्मेद्वारी

Share :

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकामा उम्मेद्वारी दर्ताको पहिलो दिन मेयर पदमा १ जना, उपमेयरमा २ जना र वडा अध्यक्ष पदमा ११ जनाको उम्मेद्वारी परेको छ ।

बैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि निर्वाचन आयोगले आज र भोली दुई दिन उम्मेद्वारी दर्ताको समय सिमा तोकेको छ । पहिलो दिन अर्जुनधारा नगरपालिकमा विभिन्न पदमा ४१ जनाको उम्मेद्वारी परेको अर्जुनधारा नगरपालिकाको निर्वाचन अधिकृतको कार्यलयले जानकारी दिएको छ ।

कार्यलयका अनुसार पहिलो दिन मेयर पदमा १ जनाको उम्मेद्वारी परेको हो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सूर्य खतिवडाले मेयर पदका लागि उम्मेद्वारी दिनुभएको कार्यलयले बताएको छ । त्यस्तै उपमेयर पदमा राप्रपाकै तारादेवी बस्नेत र उन्नत लोकतन्त्र पार्टीका त्रिच बहादुर विश्कर्माको उम्मेद्वारी परेको हो ।


त्यस्तै वडा अध्यक्ष पदकालागि राप्रपाका ९ सहित, १ जना स्वतन्त्र उम्मेद्वार र नेपाल विवेकशिल पार्टीका तर्फबाट १ जनाको उम्मेद्वारी परेको कार्यलयले जानकारी दिएको छ ।

स्वतन्त्रतर्फ वडा नम्बर ३ को वडाअध्यक्ष पदका लागि प्रसाद कुमार गुरगाईको उम्मेद्वारी परेको हो । विवेकशिलका तर्फबाट टंक प्रसाद चौलागाईको उम्मेद्वारी परेको कार्यलयले जानकारी दिएको छ ।

त्यस्तै खुल्ला सदस्य पदमा राप्रपाका १५ जनाको उम्मेद्वारी परेको छ भने दलित महिला सदस्यमा ५ जनाले उम्मेद्वारी दिएका छन् । महिला सदस्य पदमा राप्रपाबाट ७ जनाको उम्मेद्वारी परेको कार्यलयले जानकारी दिएको छ ।

मनोनयन दर्ताको पहिलो दिन राप्रपासहितका साना दलहरुले विभिन्न पदमा उम्मेद्वारी दिएपनि नेकपा एमाले, नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलहरुले भने आज कुनैपनि पदमा उम्मेद्वारी नदिएको अर्जुनधारा नगरपालिकाका निवाचन अधिकृत लोक बहादुर कटुवालले जानकारी दिनुभयो ।

निर्वाचनलाई स्वच्छ र व्यवस्थीत रुपमा सम्पन्न गराउनकालागि निर्वाचन प्रक्रियाको व्यवस्थापनलाई भने चुस्त बनाएको उहाँले बताउनुभयो । निवाचन अधिकृत कटुवालले पहिलो दिन अपेक्षा गरे अनुरुपको उम्मेद्वारी दर्ता नभएको बताउनुभयो । उम्मेद्वारी दर्तालाई मध्यनजर गर्दै कर्मचारी व्यवस्थापन तथा सुरक्षा परिचालाई भने व्यस्थित बनाइएको कटुवालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय