डासवले जित्यो खुल्ला नकआउट फुटबलको उपाधि

Share :

अर्जुनधारा । झापाको खुदुनाबारीमा सम्पन्न खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि अर्जुनधारा १ को डासव युवा क्लबले जितेको छ ।

अर्जुनधारा ३ को कैदले स्थित प्रस्तावित प्राकृतिक रंगशालामा भएको प्रतियोगिताको फाइनल खेलमा न्यु ब्वाइज क्लब मेचिनगरलाई १–० गोल अन्तरले पराजित गर्दै डासवले उपाधि जितेको हो ।

विजेता डासव युवा क्लब अर्जुनधारा

युथ अफ खुदुनाबारीको आयोजनामा सम्पन्न प्रतियोगितामा डासवलाई जित दिलाउन खेलमा एकमात्रै गोल रबिन राईले गरेका थिए । राइले ५१ औँ मिनेटमा गरेको गोल नै फाइनल खेलको निर्णायक गोल बन्न पुग्यो ।


निक्कै प्रतिस्पर्धातमक बनेको फाइनल खेलमा गोल गर्ने धेरै अवसर पाएपनि सदुपयोग गर्न नसक्दा मेचिनगरले पराजय भोग्यो । उपाधि जितेसंगै डासवले नगद ३० हजार ट्रफि, मेडल र प्रमाण पत्र पाएको छ । उपविजेता बनेको न्यु ब्वाइज मेचिनगरले नगद २० हजार, ट्रफि, मेडल र प्रमाणपत्र पाएको छ ।

उपविजेता न्यु ब्वाइज क्लब मेचिनगर

खेलमा एक मात्र गोल कर्ता विजेता टिमका रबिन राइ म्यान अफ दि म्याच चुनिए । उत्कृष्ट गोाल किपरको उपाधि डासवका मनोज तामाङले पाए । बेस्ट स्टाइगरको पुरस्कार न्यु ब्वाइजका अवय धिमालले पाए । म्यान अफ दी सिरिजको पुरस्कार न्यु ब्वाइजका निरज कार्कीले पाए । त्यस्तै डासबका मुक्तिनाथ गजमेरले उत्कृष्ट डिफेन्डरको उपाधि हात पारे ।

प्रतियोगिताको फाइनल खेलको अर्जुनधारा नगरपालिकाकी प्रमुख प्रशासकिय अधिकृत गितादेवि राइले उद्घाटन गर्नु भएको थियो । प्रतियोगितामा झापाका विभिन्न ८ वटा टिमले प्रतिस्पर्धा गरेका थिए ।

करिब ३ लाख खर्चमा सम्पन्न प्रतियोगिता संचालनका लागि अर्जुनधारा नगरपालिकाले १ लाख नगद उपलब्ध गराएको आयोजक सस्था युथ अफ खुदुनाबारीका अध्यक्ष मनोज सिटौलाले जानकारी दिनुभयो । अन्य विभिन्न माध्यमबाट स्रोत संकलन गरि प्रतियोगिता सम्पन्न गरिएको उहाँले बताउनुभयो ।

फाइनल खेल अघि महिलाहरुको प्रतिस्पर्धात्मक फुटबल प्रतिस्पर्धा भएको थियो । जुनतारा फुटबल क्लब खुदुनाबारी र एभरग्रीन फुटबल क्लब माइ नगरपालिका इलामबिच भएको खेल जुनतारा खुदुनाबारीले ३–० जितेको थियो । महिला फुटबलको विजेताले नगद ७ हजार र उपविजेताले ५ हजार पुरस्कार पाएका थिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय