माध्यामिक शिक्षा परीक्षा (एसइई) आजबाट सुरु

Share :

माध्यामिक शिक्षा परीक्षा एसइई आजबाट सुरु भएको छ । परिक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुँदैछ ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार पहिलो दिन आज अंग्रेजीको परीक्षा हुँदैछ। वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्य वा अंग्रेजीको परीक्षा हुँदैछ।

आजबाट सुरु भएको परीक्षा वैशाख २० गतेसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।


कोरोना महामारीका कारण गएका दुई वर्ष भौतिक उपस्थितिमा परीक्षा हुन नसकेका कारण आन्तरिक मूल्यांकनबाट एसइईको रिजल्ट प्रकाशित गरिएको थियो ।

यस वर्ष भने परीक्षार्थीको भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्न लागिएको हो । यस वर्ष ५ लाख १४ हजार ९ सय ६७ परीक्षार्थी परीक्षामा सहभागी हुँदैछन् जसमा नियमिततर्फ ४ लाख ८८ हजार ७ सय ४२ र ग्रेड वृद्धितर्फ ११ हजार ४ सय ५४ परीक्षार्थी रहने बोर्डले जनाएको छ ।

प्राविधिकतर्फ मुलुकभरका २ सय ९९ विद्यालयका १४ हजार ५ सय ६४ विद्यार्थी एसइईमा सहभागी हुँदैछन् । सबै भन्दा बढी परीक्षार्थी काठमाडौंबाट ३६ हजार जना र सबै भन्दा कम मनाङबाट २९ जना रहेका छन् ।

परीक्षा सञ्चालनका लागि देशभर २ हजार ७ परीक्षा केन्द्र र एउटा उपकेन्द्र तोकिएको छ । यस वर्षदेखि १४ वर्ष उमेर पुगेकाले मात्र एसइई परीक्षा दिन पाउने व्यवस्था हटाइएको छ भने जतिसुकै उमेरकाले पनि परीक्षा दिन पाउने भएका छन्।

परीक्षाको नतिजा आगामी साउनभित्रै प्रकाशित गरिने परीक्षा वोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय