उपमहानगरको बाँडफाँड मिलाउन गठबन्धनको बैठक आज पनि बस्दै

Share :

काठमाडौं । स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने निर्णय गरेका सत्ता गठबन्धनका दलबीच महानगर बाँडफाँड सहमति भएपनि र उपमहानगर बाँडफाँटमा अझै टुंगो लाग्न सकेको छैन।

गएराति दुई बजेसम्म बसेको बैठकमा उपमहानगरको बाँडफाँड मिलाउन नसकेपछि बैठक बिनानिष्कर्ष सकिएको हो।

गएराति राति प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठक निष्कर्षमा पुग्न नसकेपछि आज पनि जारी रहने भएको छ।


जनकपुरधाम र नेपालगन्ज उपमहानगरमा कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच कुरा नमिलेपछि बैठक लम्बिएको हो।

यी दुई महानगरमा दुवै पार्टीले दाबी गरेपछि कुरा मिल्न नसकेको हो।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय