खुदुनाबारीमा खुल्ला नकआउट फुटबल प्रतियोगिता सुरु

Share :

खुदुनाबारी । झापाको अर्जुनधारा नगरपालिका ३ कैदलेमा मंगलबारबाट खुल्ला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । युथ अफ खुदुनाबारीको आयोजनामा अर्जुनधारा ३ को कैदलेस्थित प्रस्तावित प्राकृतिक रंगशालामा सुरु भएको प्रतियोगिताको उद्घाटन अर्जुनधारा नगरपालिकाकी उपप्रमुख कमला खतिवडा आचार्यले गर्नुभयो ।

प्रतियोगिताको पहिलो खेलमा आयोजक युथ अफ खुदुनाबारी फुटबल क्लब र योङ ब्वाइज फुटबल क्लब विर्तामोडबिच प्रतिस्पर्धा भएको थियो । खेलमा आयोजक खुदुनाबारीलाई २–१ गोल अन्तरले पराजित गर्दै योङ ब्वाइज विर्तामोड सेमिफाइनलमा प्रवेश गरेको छ ।


६० मिनेट पूरा समय भएको खेलको पहिलो हाफको ९ मिनेटमा विर्तामोडका रोहित क्षेत्रीले पहिलो गोल गर्दैै टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको पहिलो हाफमा कुनै गोल हुन सकेन । दोस्रो हाफको पहिलो मिनेटमा नै आयोजक खुदुनाबारीका बचन लिम्बुले१ गोल फर्काउदै खेल बराबरीमा पुर्याएका थिए ।

तर खेलको ३६ औ मिनेट तथा दोस्रो हाफको ६ मिनेट बित्न नपाउदै विर्तामोडका रोहित क्षेत्रीले टिमका लागि दोस्रो गोल गर्दै विर्तामोडलाई २–१ को गोल अन्तरमा पुर्याए । त्यसपछि खेलमा कुनै गोल हुन नसकेपछि विर्तामोडले २–१ गोल अन्तरले खेल जितेको हो ।

खेलमा टिमका लागि २ गोल गरेका विर्तामोडका रोहित म्यान अफ दि म्याच चुनिए । उनलाई आयोजक संस्थाका अध्यक्ष मनोज सिटौलाले नगद १ हजार र ट्रफि प्रदान गर्नुभएको थियो ।

त्यस्तै मंगलबार नै भएको दोस्रो खेलमा टाइब्रेकरमा दैझोडा फुटबल क्लब विरुद्ध जित निकाल्दै जलथल फुटबल क्लब विजयी भएको छ । ६० मिनेटको खेलको दुवै हाफमा कुनै गोल नभएपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा दैझोडाले ४–३ गोल अन्तरको पराजय भोग्यो । विजेता जलथल सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिता अन्तर्गत भोलि बुधबार हुने पहिलो खेलमा शनिश्चरे फुटबल क्लब र डासब युवा क्लब अर्जुनधारा १ बिच प्रतिस्पर्धा हुने र दोस्रो खेलमा बुट्टाबारी युनाईटेड र न्यु ब्वाइज काकरभिट्टाबिच खेल हुने प्रतियोगिताका खेल सम्योजक मदन गिरिले जानकारी दिनुभयो ।

बैशाख ९ गते सम्म संचालन हुने प्रतियोगितामा झापाका विभिन्न ८ वटा टिमले प्रतिस्पर्धा गर्ने छ । प्रतियोगिताको विजेताले ३० हजार र उपविजेताले २० हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले बताएको छ ।

प्रतियोगिता सम्पन्न गर्न अनुमानित ३ लाख खर्च लाग्ने आयोजक सस्थाका अध्यक्ष मनोज सिटौलाले जानकारी दिनुभयो । प्रतियोगिता सन्चालनका लागि अर्जुनधारा नगरपालिकाबाट १ लाख बजेट प्राप्त भएको र अन्य विभिन्न माध्यमबाट स्रोत संकलन गरिएको आयोजकले बताएको छ ।

समाज र यूवाहरुको क्षेत्रमा विभिन्न महत्वपूर्ण कार्यहरु गर्दै आएको आयोजक संस्था युथ अफ खुदुनाबारीले झापामा खेल क्षेत्रको प्रर्वद्धनका लागि प्रतियोगिता आयोजना गरेको जनाएको छ ।

प्रतियोगिताको उद्घाटन समारोहमा अर्जुनधारा नगरपालिकाकी उपप्रमुख कमला खतिवडा आचार्य, अग्रज खेल प्रेमी ढुण्डी गौतम, जुकेखाडी सामुदायिक बनका पर्यटन उपाध्यक्ष दिपक दुलाल, च्यारिटी यूथ क्लबका अध्यक्ष लिला बल्लब खतिवडा , रेडक्रस खुदुनाबारी उपशाखाका अध्यक्ष भोला बराल, सचिव मुकुन्द भण्डारी लगायत विभिन्न व्यक्तिहरुको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय