एसिया कप छनोटको लागि नेपाली फुटबल टिमको प्रशिक्षण सुरु

Share :

काठमाडौँ । नेपाली राष्ट्रिय टोलीले एएफसी एसिया कप छनोटको तेस्रो चरणको तयारीका लागि प्रशिक्षण सुरु गरेको छ ।

नेपाली टोलीले शुक्रबार बिहानदेखि दशरथ रंगशालामा प्रशिक्षण सुरु गरेको हो ।


मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले बन्द प्रशिक्षणका लागि २५ खेलाडी बोलाएका छन् ।


पहिलो दिन २४ खेलाडी प्रशिक्षणमा आएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

कप्तान किरण चेम्जोङ उपस्थित नभएको एन्फाले जनाएको छ ।

छनोटमा नेपाल समूह ’ए’ मा रहेको छ ।

नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।

नेपालको समूहको छनोट खेलहरु कुवेतमा आयोजना हुनेछ ।

छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ ।

नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ ।

दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतको सामना गर्नेछ ।

प्रशिक्षणमा खेलाडीहरु दीप कार्की, विशाल श्रेष्ठ, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विकास खवास, विमल घर्ति मगर, दर्शन गुरुङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, मनिष डाँगी, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज ज्यु ठकुरी, तेज तामाङ, विशाल राई सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय