आजबाट नयाँ बर्षको सुरुवात, हर्षोल्लाससाथ मनाइँदै

Share :

नेपालमा आजबाट नयाँ बर्ष सुरुवात भएको छ ।

आज विक्रम सम्वत् २०७९ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन ।

नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ नयाँ बर्ष मनाइँदैछ ।


आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो ।

हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता-असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गर्दछन् ।

विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा मनाउँछन् ।

चन्द्रमान अनुसार चैत्र शुक्ल प्रतिपदाका दिन नै सुरु हुने नयाँ सम्वतसर भने चैत १९ गतेदेखि नै सुरु भइसकेको छ ।

चैत १९ गतेदेखि नल नामको सम्वतसर सुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

वैदिक सनातन हिन्दू धर्मअनुसार ६० सम्वतसर छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय