एमाले र राप्रपाले एउटै चिह्नबाट चुनाव लड्ने, यस्तो छ सहमति

Share :

काठमाडौँ । नेकपा एमाले र राप्रपा नेपालबीच स्थानीय तहको निर्वाचनको लागि चुनावी गठबन्धन भएको छ ।

राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशील कुमार श्रेष्ठ र नेकपा एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहालले ५ बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् ।

बुधबार नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत दुई पक्षीय नेताहरुको उपस्थितिमा दुई पार्टीबीच सहमतिपत्र आदानप्रदान भएको छ ।


सहमति अनुसार देशभर सम्भव गएको ठाउँमा नेकपा एमाले र राप्रपा नेपालबीच तालमेल हुनेछ र राप्रपा नेपालका उम्मेद्वारले पनि सूर्य चिन्ह लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन् ।

राप्रपा नेपालले आफ्नो उम्मेदवार नभएको ठाउँमा नेकपा एमालेका उम्मेदवारलाई सघाउनेछ भने एमालेले पनि राप्रपा नेपालका उम्मेदवारलाई सघाउने सहमति भएको छ ।

दुई पार्टीबीच भएको सहमतिपत्र

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय