झापामा पहिलो पटक झापा सुपर लिग क्रिकेट प्रतियोगिता हुने

Share :

धुलाबारी । झापामा पहिलो पटक झापा सुपर लिग(जेएसएल) क्रिकेट प्रतियोगिता हुने भएको छ ।

झापालाई नेपाली खेलकुदको हबको रुपमा विकास गर्ने उदेश्यले आगामी बैशाख ३० गतेदेखि काँकडभिट्टामा झापा सुपर लिग हुने भएको हो ।

आयोजक बोस्टन ब्लास्टर्स बिर्तामोडले मंगलबार धुलाबारीमा पत्रकार सम्मेलन गर्दे प्रतियोगिताको बिषयमा जानकारी गराएको हो ।


जिल्लाका चारवटा क्लवको सहभागीता रहने प्रतियोगितामा आयोजक बिर्तामोडको बोस्टन ब्लास्टर्स ससक्त रुपमा मैदानमा उत्रने बताइएको छ ।

प्रतियोगितामा बोस्टन ब्लास्टर्सका तर्फबाट अन्तर्राष्ट्रिय नेपाली क्रिकेटर तथा राष्ट्रिय टोली सदस्य करण केसीलगायत खेलाडीले खेल्ने जनाइएको छ ।

उपाधी जित्ने लक्ष्यका साथ प्रतियोगितामा भाग लिने बोस्टन ब्लास्टर्सले खेलाडीहरुलाई बन्द प्रशिक्षणमा राखेका जनाएको छ ।

पत्रकार सम्मेलनमा योजना प्रमुख विशाल अग्रवाल, संयोजक बाप्पा शाह, टिम मेनेजर रुपेश मादेन, टिम कोच बिनित बास्तोला, सोबित बास्तोला, आशिष बनलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय