पाकिस्तानमा सोमबार नयाँ प्रधानमन्त्री चयन हुने

Share :

काठमाडौं । पाकिस्तानको संसदले सोमबार नयाँ प्रधानमन्त्री चयन गर्ने भएको छ ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खान विरुद्धको अविश्वास प्रस्ताव बहुमतले पारित भएपछि खान पदमुक्त भएका थिए ।

गत साता संसदमा अविविश्वासको प्रस्ताव दर्ताभएपछि प्रधानमन्त्री खानले संसद विघटन गर्ने निर्णय गरेका हुन् ।


संसद विघटन विरुद्ध विपक्षी दलले सर्वोच्च अदालतको ढोका ढकढकाएपछि पाकिस्तानको सर्वोच्च अदालतले संसद विघटनको निर्णय बदर गरेको थियो ।

संसद पुर्नस्थापना भएर इमरान विरूद्धको अविश्वास प्रस्तावमाथि मतदान हुँदा खानले बहुमत हासिल गर्न सकेनन्।

पाकिस्तानको नयाँ प्रधानमन्त्रीका लागि पूर्वप्रधानमन्त्री नवास शरीफका भाई सेहेबाज शरीफलाई अगाडी सारिएको छ ।

पाकिस्तानको ७५ वर्षे इतिहासमा अहिलेसम्म कुनै प्रधानमन्त्रीले पनि पाँच वर्षे कार्याकाल पूरा गर्न पाएका छैनन् ।

पाकिस्तानमा सन् १९९३ मा एकै वर्ष पाँच जना प्रधानमन्त्री समेत परिवर्तन भएका थिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय