रोङ १ मा युवा सशत्तिकरणको माइन्यूट लेखन तथा उद्घोषण तालिम

Share :

इलाम । रोङ गाउँपालिकाको १ नम्बर वडामा पाँच दिवसीय माइन्यूट लेखन, उद्घोषण तथा कार्यक्रम संचालन तालिम सम्पन्न भएको छ । आर्थिक बर्ष २०७८/२०७९ सालको रोङ गाँउपालिका वडा नम्बर १ को स्वीकृत बजेटबाट संचालित तालिम चैत्र २१ गते देखि सुरु भएर २५ गते शुक्रबार सम्पन्न भएको हो । रोङ गाउँपालिका वडा नम्बर १ अन्तर्गतको युवा सशत्तिकरण समुहको आयोजनामा भएको तालिममा वडाका बिभिन्न स्थानका २५ जनाको सहभागीता रहेको थियो ।

वडा कार्यालयको सभाहलमा पाँच दिनसम्म संचालन भएको तालिमको पहिलो र दोस्रो दिन युवा सशत्तिकरण समुह रोङ गाउँपालिका सचिव तथा प्रशिक्षक दिनेश निरौलाले माइन्यूट लेखन सम्बन्धि तालिम दिनुभएको थियो । तालिमको तेस्रो, चौथौँ र पाँचौ दिन सूर्योदय टेलिभिजनका समाचर संयोजक समेत रहनुभएका पत्रकार तिलक योञ्जनले उद्घोषण तथा कार्यक्रम संचालन सम्बन्धि प्रशिक्षण प्रदान गर्नुभएको थियो ।


समुहका अध्यक्ष राजेन्द्र खुलालको अध्यक्षतामा भएको तालिमको समापन कार्यक्रममा युवा सशत्तिकरण समुह रोङ गाउँपालिका १ का वडाअध्यक्ष बुद्धी बहादुर ढकालको प्रमुख अतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि ढकालले प्रशिक्षकहरु निरौला र योञ्जनलाई सम्मान-पत्र प्रदान गर्नुभएको थियो । त्यस्तै वडाअध्यक्ष ढकालले तालिमका सहभागीहरुलाई प्रमाण-पत्र बितरण गुर्नभएको थियो ।

कार्यक्रममा सहभागी प्रशिक्षर्थीले आफ्नो धाराणा राख्दै तालिम प्रभवकारी भएको बताएका थिए । तालिम समापन कार्यक्रममा प्रखुख अतिथि ढकाल, सशत्तिकरण समुह रोङ गाउँपालिका अध्यक्ष तेजराज आचार्य, प्रशिक्षकहरु निरौला र योञ्जनले आफ्नो धारणा राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय