निर्वाचन आचारसंहिता आजदेखि लागू, उल्लंघन गर्नेलाई कारबाही

Share :

काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थानीय निर्वाचनका लागि शुक्रबारबाट आचारसंहिता लागू भएको छ ।आयोगले शुक्रबार पत्रकार सम्मेलन गर्दै आचार संहिता लागू भएको घोषणा गरेको हो ।

वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी बनाउन पालना गर्नुपर्ने आचारसंहिता जारी गरेको हो ।

आचारसंहिता अनुसार कसैको पक्ष विपक्षमा सञ्चार माध्यममा मात्र होइन, सामाजिक सञ्जालमा पोस्ट वा शेयर गर्न पनि पाइने नपाउने र दल वा उम्मेदवारले आधिकारिक पेजमा मात्र प्रचार गर्न पाउने आयोगले जनाएको छ ।


झोला, टिसर्ट, क्याज जस्ता सामाग्री नछाप्न पनि दलहरुको ध्यानाकर्षण गराएको छ । आचारसंहिता उल्लघंन भएको पाइएमा कानून बमोजिम कारबाही हुने आयोगले जनाएको छ ।

पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले व्यवस्थित र मर्यादित रुपमा सामाजिक सञ्जालको प्रयोग गर्न कुनै रोकावट नरहेको जानकारी दिए ।

आचारसंहिता कार्यान्वयन गर्नु सवैको कतव्र्य भएको भन्दै आचारसंहिता नमान्नेलाई कानुनबमोजिम कारवाही हुने उनले बताए ।

थपलियाले आफ्नो प्रचार गर्नबाहेक सार्वजनिक स्रोत साधनको प्रयोग गरेर प्रचार प्रसार गर्न नपाईने र उम्मेद्वारी घोषणा गर्दा सार्वजनिक पद धारण लगाएका बिषयमा ध्यान दिन सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय