नेपाललाई पहिलो पटक त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधि

Share :

काठमाडौं । घरेलु टोलीले नेपालले त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधि जितेको छ । त्रिवि क्रिकेट मैदानमा सोमबार भएको फाइनलमा पपुवा न्युगिनी (पीएनजी) लाई ५० रनले हराउँदै नेपालले सिरिजको उपाधि जितेको हो। यससँगै सन्दीप लामिछानेको कप्तानीमा नेपालले पहिलो पटक सिरिजको उपाधि जितेको छ । यस्तै नेपालले अपराजित रहदै सिरिजको उपाधि जितेको छ ।

नेपालले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको पीएनजीले १६ ओभर १ बलमा अलआउट हुँदै १ सय १८ रन मात्र बनाउन सक्यो । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले अविजित रहदै ५४ रनको अर्धशतकीय इनिङ खेले । उनले ३८ बलमा अविजित ५ चौका प्रहार गर्दा टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो खेलाडी बने ।

आक्रामक ब्याटिङ गरेका करण केसीले अविजित रहदै ३३ रन बनाए । उनले १२ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै नेपाललाई बलियो स्कोर खडा गर्न मद्दत गरे । पीएनजीविरुद्धको जितसँगै नेपालले टी–ट्वान्टी अन्तराष्ट्रियमा लगातार छैटौं खेल जित्न सफल भएको छ ।


प्रतियोगीताको सिरिजमा नेपालका अलराउन्डर दिपेन्द्र सिंह ऐरीले प्लेयर अफ द सिरिज घोषित भएका छन् । सिरिजको उपाधि जितेपछि नेपालका कप्तान सन्दीप लामिछानेले नेपाली टिमको मेहनतका कारण उपाधी हासिल गर्न सफल भएको बताए । उनले टिमका खेलाडीहरु फर्ममा रहेको बताए ।

त्यस्तै प्रशिक्षक नेपाली टोलीका प्रशिक्षक पुबुदु दसानायकेले उपाधी हासिल गर्दा खुसी लागेको भन्दै आगामी दिनमा पनि उत्कृष्ट नतिजा निकाल्ने बताए ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय