दमकका एक किशोरको डुवेर मृत्यु

Share :

दमक। झापाको दमक नगरपालिका वडा नं. २ मा शनिबार एक किशोरको डुवेर मृत्यु भएको छ ।

दमक वडा नं. ५ बस्ने बर्ष १४ का रोहन राईको डुवेर मृत्यु भएको हो ।

लाँचेको बाँध नामले चिनिने सिमसार क्षेत्रमा रहेको पोखरीमा साथीहरुसँग पौडी खेल्नेक्रममा शनिबार अपरान्ह मृतक राई वेपत्ता भएका थिए।


सँगै पौडी खेल्न गएका ४ जना मध्ये एक जना पानी भित्रै हराए पछि गाउँघरमा हल्ला गरे पछि प्रहरीलाई खबर पुगेको थियो।

शसस्त्र प्रहरीको टोली सहित पुगेर पोखरीमा खोजी गर्दा पोखरी भित्र दलदल हिलो भएको र त्यसमा भाँसिन्दा बाहिर निस्कन नसकेर मृत्यु भएको टोलीमा खटिएका इलाका प्रहरी कार्यालय दमक प्रहरी निरीक्षक अनिल लिम्बुले बताए ।

एक बर्ष अघि पनि सो क्षेत्रमा अर्का किशोरको मृत्यु भएका थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय