विर्तामोडमा आन्तरिक राजश्य अनुसन्धान विभागको पटक-पटक छापा, वाणिज्य संघको आपत्ति

Share :

विर्तामोड । आन्तरिक राजश्य अनुसन्धान विभाग प्रदेशिक कार्यालय इटहरीले बिहिबारबाट बिर्तामोड क्षेत्रमा छापा मारेको बिषयमा बिर्तामोड उद्योग वाणिज्य संघले आपत्ति जनाएको छ । वाणिज्य संघले यो अनुगमनलाई सरकारले अनावश्यक दुःख दिएको बताएको छ ।

शुक्रबार बिर्तामोडमा पत्रकार सम्मेलन गदै संघले बिभागको यो कार्यप्रति गम्भिर ध्यानाकार्षण भएको जनाएको छ । व्यवसायीका फर्ममा चेकजाँचका नाममा दुख दिने यस्ता कार्यले व्यवसायीहरु आतंकित भएको संघको भनाई छ ।

फर्मको मुख्य व्यक्ति वा संचालक नभएको अवस्थामा व्यवसायीहरुलाई कुनै जघन्य अपराधीलाई जस्तो व्यवहार गरेको गुनासो बारम्बार आइरहेको अवस्थामा हालै बिर्तामोड स्थित शाह कपडा पसलमा व्यवसाय नै बन्द गराउने उद्देश्यबाट अभिप्रेरित भई दण्ड गर्ने बहानामा व्यापार व्यवसाय माथी नै आक्रमण गर्ने तरिकाबाट प्रस्तुत भएकोमा संघको गम्भिर आपत्ति रहेको बिज्ञप्तिमा उल्लेख छ ।


समस्याको सामाधनका लागि प्रमुख जिल्ला अधिकारीको अनुरोधमा आज बिहान छलफल भएपनि कुनै सहमती नभएको व्यवसायीले बताएका छन् । आज दिनभर समस्याको समाधनका लागि पहल गर्ने र समस्या समाधन हुन नसके थप चरणबद्ध आन्दोलनका कार्यक्रम अगाडी बढाउने संघका महासचिव अर्जुनकुमार मैनालीले जनकारी दिए ।

त्यसअघि राजश्व अनुसन्धान कार्यालय इटहरीले गए राति पनि झापाको बिर्तामोडमा छापा मारेको थियो । बिहीबार दिउँसो साह कपडा पसलमा छापा मारेको केही घन्टा नबित्दै पुनः अर्को एक गोदाममा राजश्व अनुसन्धान कार्यालयले छापा मारेको हो ।

कार्यालयले लागतार बिर्तामोडमा छापा मारेपछि व्यापारी आतंकित भएका छन्। आम व्यावसायीहरुले सहजतापूर्वक भयरहित वातावरणमा व्यापार व्यवसाय गर्ने वातावरण सिर्जना गर्न संघले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय