विर्तामोडमा स्थानीय तह निर्वाचनमा महिलाको सवाल विषयक पत्रकारिता तालिम

Share :

विर्तामोड । आसन्न स्थानीय तह निर्वाचनमा महिलाको सवाल विषयक दुईदिने खोजमूलक पत्रकारिता तालिम झापाको विर्तामोडमा आजदेखि शुरु भएको छ ।

झापा महिला पत्रकारहरुको छाता संगठन नारी सञ्चार गृह झापाको आयोजना तथा प्रदेश पूर्वाधार क्षेत्र विकास कार्यक्रमको सहयोगमा सञ्चालित तालिमको उद्घाटन झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रिजालले विभेदको शुरुवात जहाँबाट भएको छ त्यहीबाट अन्त्य हुनसक्नेमा जोड दिंदै विभेद प्रारम्भको विन्दु खोज्नुपर्ने धारणा राख्नुभयो ।


राज्यका संरचनाहरुमा महिला सहभागिताको सुनिश्चितता संविधानले नै गरेको उल्लेख गर्दै रिजालले संख्यात्मक सहभागितासंगसंगै गुणात्मकतामा पनि ध्यान दिनुपर्ने आवश्यकता औल्याउनु भयो । उचित समयमा सान्दर्भिक विषय उठेको बताउँदै रिजालले स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनले मात्र सही निर्णय दिनसक्नेतर्फ सचेत गराउँदै मतदान गर्दा विवेक पुर्याउन आग्रह गर्नुभयो ।

तालिममा २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा महिलाको प्रतिनिधित्व, सातै प्रदेशका पालिकाहरुमा ९निर्णायक ठाउँ०मा महिलाको सहभागिता, निर्वाचन परिणाममा देखिएका केही सवालहरु, तथ्याङ्कमा अब हुने निर्वाचनका विषयमा छलफल भएको थियो । त्यस्तै महिलाहरुलाई अघि बढ्नका लागि सञ्चारको भूमिकाका विषयमा समूहगत रुपमा धारणा सार्वजनिक गर्दै उक्त विषयमाथि छलफल भएको निवर्तमान अध्यक्ष अम्बिका भण्डारीले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल प्रेस युनियन झापाका सभापति इन्दु पूर्वेली, पत्रकार सुब्रत न्यौपाने, दिपीन राई, विष्णु मैनाली, खगेन्द्र घिमिरे, विजय बराल लगायतले धारणासहित जिज्ञासा राखेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, संस्थापक अध्यक्ष सावित्रा दाहाल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । जोस्ना श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा स्वागत तथा औचित्यमा रेजिना गौतमले प्रकाश पार्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय