जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको नयाँ भवन उद्घाटन

Share :

प्रकाश बानियाँ, विर्तामोड । जिल्ला ट्राफिक कार्यालय झापाको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । सोमबार एक कार्यक्रमबीच प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले नयाँ भवनको उद्घाटन गरे । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट विनियोजित १ करोड ८८ लाख ८५ हजार ५ सय ७७ रुपैयाँ लागतमा ट्राफिक प्रहरीका लागि नयाँ भवनको निर्माण गरिएको हो ।

विर्तामोड नगरापलिकाको ५ नम्बर वडामा पर्ने इलाका प्रहरी कार्यालय अनारमनी संगै रहेको नेपाल सरकारको सडक डिभिजन यान्त्रिक कार्यलय मातहतमा रहेको जग्गा जिल्ला ट्राफिक प्रहरी कार्यलयको मातहतमा ल्याई नयाँ भवन निर्माण गरिएको हो । उक्त स्थानमा ६ कठ्ठा क्षेत्रफलमा १० कोठा सहितको अढाई तल्ले भवन, ब्यारेक र किचन निर्माण गरिएको छ । उद्घाटन भएको नयाँ भवनमा आजैबाट सेवा प्रारम्भ हुने जिल्ला ट्राफिक प्रहरी कार्यलयका प्रहरी साहयक निरीक्षक याम खड्काले जानकारी दिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि आन्तरिक मामिला तथा कानुन मन्त्री कार्कीले सडक दुर्घटना न्यूनीकरण प्रदेश सरकारको पहिलो प्राथमिकता रहेको बताए । उनले लाईसेन्स पाएकै सवारी चालकको लापरबाहीले धेरै जसो दुर्घटना हुने गरेको बताए। त्यस्तै मन्त्री कार्कीले प्रविधिको अधिक्तम प्रयोग बाट सडक दुर्घटना न्यूनीकरणमा प्रदेश सरकारले काम सुरु गरेको बताए। मेचीदेखि कोशीसम्म पहिलो चरणमा सिसि क्यामरा जडानको प्रक्रिया अगाडि बढेको उनको भनाई थियो। मन्त्री कार्कीले जिल्ला ट्राफिक प्रहरी कार्यलय झापा कार्य सम्पादनमा प्रदेश कै उत्कृष्ट हुनेमा आफु विस्वास्त भएको समेत बताए ।


कार्यक्रममा प्रदेश १ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक अरुण कुमार बिसिले नयाँ भवन निर्माणले प्रहरीको मनोबल उच्च हुने र कार्य क्षमतामा समेत वृद्धि हुने बताए । उनले सडक सुसासन र दुर्घटना न्यूनीकरणका निमित्त जिल्ला ट्राफिक प्रहरी कार्यलय झापा सदैव अग्रणी रहनेमा आफू विस्वस्त रहेको बताए ।

कार्यक्रममा भवन निर्माणका लागि जग्गा व्यवस्थापनमा महत्त्वपूर्ण योगदान गरेको भन्दै झापा पुर्व प्रहरी उपरीक्षक दिनेशराज मैनालीलाई सम्मान गरिएको थियो । त्यस्तै समाजसेवी जयनारायण ढुंगाना र उहाँको श्रीमती अन्जना ढुंगानालाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा पुरानो जिल्ला ट्राफिक प्रहरी कार्यलय रहेको भवनलाई जग्गा प्रदान गर्नु हुने स्वर्गीय शेरबहादुर पोखरेल र कृष्ण कुमारी पोखरेललाई मरणोप्रयान्त सम्मान प्रदान गरिएको थियो ।

वाल कम्पाउन्ड तथा अन्य निर्माण उपभोक्त समितिका अध्यक्ष सुभाष भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा विर्तामोड नगरपालिकाका नगरप्रमुख ध्रुवकुमार शिवाकोटी, नगर उपप्रमुख पवित्रा महतरा प्रसाईं, आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश १ का सचिव कालीप्रसाद रिजाल, झापाका प्रमुख जिल्ला अधिकारी छविराज रिजाल, जिल्लाका सुरक्षा निकायका प्रमुख, राजनैतिक दलका प्रतिनिधि लगायत नयाँ भवनको कम्पाउन्ड वाल, गेट लगायतका संरचना निर्माणमा आर्थिक सहयोग गर्ने विभिन्न व्याक्ति तथा संघ सस्थाका प्रतिनिधिहरु उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय