रोङ २ मा माइन्यूट लेखन तथा क्षमता अभिवृद्धी तालिम

Share :

इलाम । रोङ गाउँपालिकाको २ नम्बर वडामा संचालित ३ दिवसीय माइन्यूट लेखन तथा क्षमता अभिवृद्धी तालिम सम्पन्न भएको छ ।

सामाजिक रुपान्तरणका लागि यूवा भन्ने नाराका साथ यूवा सशत्तिकरण समुह रोङ २ को आयोजनामा बुधबारबाट वडा कार्यालयको सभाहलमा सुरु भएको तालिम शुक्रबार सम्पन्न भएको हो ।

तालिम समापन कार्यक्रममा तालिममा सहभागि वडाका विभिन्न क्षेत्रका १७ जना प्रशिक्षर्थीहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।


कार्यक्रममा बोल्दै प्रशिक्षार्थीहरु राजिव तामाङ र सुस्मिता कोइरालाले सशत्तिकरण समुहले आयोजना गरेको तालिम आफुहरुका लागि प्रभावकारी भएको बताएका थिए ।

रोङ गाउँपालिका २ नम्बर वडा कार्यलयको आर्थिक बर्ष २०७८-७९ सालको विनियोजित बजेटबाट संचालित तालिमलाई पत्रकार तिलक योञ्जनले सहजीकरण गरेका थिए । तालिम समापनको अवसरमा प्रशिक्षक योञ्जनलाई सम्मान समेत गरिएको थियो ।

सशत्तिकरण समुहका अध्यक्ष तेजराज आचार्यको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा रोङ २ का जनप्रतिनिधि तथा कर्मचारी र विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, यूवा सशत्तिकरण समुह रोङका सचिव दिनेश निरौला, समुहका ५ नम्बर वडाका अध्यक्ष विशाल खाप्तुवा राई लगायतको आतिथ्यता रहेको थियो ।

यूवा सशत्तिकरण समुहका सदस्य सन्त तामाङले औचीत्यसहित शुभकामना मन्तव्य राख्नुभएको समापन कार्यक्रमको संचालन समुहका सचिव रामचन्द्र मैनालीले गरेका थिए ।

युवाहरुको क्षेत्रमा सक्रिय रुपमा लागि परेको सशत्तिकरण समुहले चेतना विकास, स्वरोजगार तथा नेतृत्व विकास र सामाजिक रुपान्तरणको क्षेत्रमा काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय