दमक गोल्ड कप : पहिलो खेलमा सर्लाहीको बागमती विजयी

Share :

दमक । झापाको दमकमा आज देखि शुरु भएको दमक गोल्ड कपको पहिलो खेलमा बागमती युवा क्लव सर्लाही विजयी बनेको छ । आयोजक दमक ११ लाई ०–१ गोलको अन्तरमा बागमती विजयी बन्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

खेलको ८८ औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई जर्सी नम्बर ७ का खेलाडी अनिल मगरले गरेको गोल नै खेलमा निर्णायक गोल बन्न पुग्यो । बागमतीका जोमाउलमाथि डिबक्समा फल गरेपछि बागमतीले पेनाल्टी पाएको थियो । घरेलु दर्शको साथ पाएको दमकले पनि उत्कृष्ट प्रदर्शन गरेको थियो । तर, स्कोर निकाल्न नसक्दा दमक पराजित हुन पुग्यो ।

बुधबारको खेलको म्यान अफ द म्याच विजयी टोली बागमतीका मनोज प्रधान गोलरक्षक मनोज प्रधान भए । प्रधानले दश हजार नगद पुरस्कार पाएका छन् । भोलिको खेल दुर्गापुर सन्डे कोलकाता र गोर्खाब्याइज रुपन्देहीबीच हुने आयोजक दमक नगर खेलकुद समितिका अध्यक्ष भीमराज चम्लागाईंले जानकारी दिनु भयो ।


आज उद्घाटन खेलमा प्रदेशसभा सदस्य अर्जुन राईले खेल उद्घाटन गर्नु भएको छ । ४ वटा विदेशी सहित १० वटा टीमको सहभागिता रहने प्रतियोगिताको विजेताले १३ लाख ११ हजार र उपविजेताले ६ लाख ११ रुपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय