पपुवा न्युगिनी (पीएनजी) विरुद्ध नेपाल ७ विकेटले विजयी

Share :

आईसीसी क्रिकेट विश्वकप लिग दुई अन्तर्गतको त्रिकोणात्मक एकदिवसिय सिरिजमा नेपालले पपुवा न्युगिनी पीएनजी लाई सात विकेटले पराजित गरेको छ । दुबई क्रिकेट रंगशालामा १ सय ७४ रनको लक्ष्य नेपालले ३७ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो ।

नेपालको जितमा आरिफ शेखले ५९ अर्धशतकिय योगदान गरे । रोहित पौडेलले ४४ रन जोडे । पीएनजीका चाल्र्स अमिनीले दुई विकेट लिए । काबुआ मोरेले १ विकेट हात पारे ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउदै १ सय ७३ रन जोड्यो । पीएनजीका लागि कप्तान असाद भालाले सर्वाधिक ४५ रनको योगदान गरे । लेगा सियाका २० तथा सेसे वाउ १९ रनमा आउट भए ।


नेपालका लागि कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले समान दुई–दुई विकेट हात पारे । करण केसी, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी र पवन सर्राफले एक–एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय