त्रि–कोणात्मक सिरिजको तेस्रो खेलमा नेपाल युएईसँग ९९ रनले पराजित

Share :

आइसिसी विश्वकप लिग टू क्रिकेट अन्तर्गत जारी त्रि–कोणात्मक सिरिजको तेस्रो खेलमा नेपाल युएईसँग ९९ रनले पराजित भएको छ ।

युएईले दिएको २ सय ३ रनको लक्ष्य पछ्याएको नेपाल ब्याटिङ नचल्दा ३५ दशमलब १ ओभरमा १ सय ३ रनमा समेटियो।

ज्ञानेन्द्र मल्लले सर्वाधिक ३० रन बनाए। आरिफ शेख र सोमपाल कामीले समान १५-१५ रन जोडे भने बिनोद भण्डारीले १२ रन बनाए। अरु खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन्।


रोहित पौडेल ९, कुशल भुर्तेलले ५, करण केसीले ४, पवन सर्राफले २ रन बनाउँदा दीपेन्द्रसिंह ऐरी शून्य रनमा आउट भए।

यसअघि टस हारेर पहिला ब्याटिङमा तानिएको घरेलु टोली युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय २ रन बनाएको थियो। युएईका रोहन मुस्तफाले सर्वाधिक ६० रनको योगदान गरे। मोहम्मद वासिमले ३३ र चिराग सुरीले २६ रन बनाए।

नेपालका सन्दीप लामिछानेले ३, सोमपाल कामी र करण केसीले २-२, दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले समान एक-एक विकेट लिएका थिए। पहिलो खेलमा पपुवा न्यूगिनीलाई पराजित गरेको नेपाल दोस्रो खेलमा युएईसँग पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय