स्यालहरुको मोर्चा कसेर हातीको सिकार गर्न सकिदैन : केपी ओली

Share :

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा अत्याधिक बिजय हासिल गर्न एमालेलाई कसैले पनि रोक्न नसक्ने दावी गरेका छन् । शनिबार काठमाडौंमा एमाले सम्पर्क समन्वय कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले गठबन्धनलाई जनताको आँगनमा पछारिदिने भन्दै निर्वाचनमा अत्याधिक बिजय हासिल गर्न एमालेलाई कसैले रोक्न नसक्ने बताए ।

उनले अव हुने स्थानीय तहको चूनावको नजिताले प्रादेशिक र संघीय चुनावको झलक दिने धाबताए । अब २० हजार भन्दा बढि जनप्रतिनिधि जिताउनुपर्ने उनको भनाई छ । त्यस्तै अध्यक्ष ओलीले स्यालहरुको मोर्चा कसेर हातीको सिकार गर्न नसकिने भन्दै गठबन्धनको मनौबैज्ञानिक त्रास त्याग्न कार्यकर्तालाई निर्देशन दिए ।

पाँच दलीय गठबन्धनमा रहेको नेकपा (माओवादी केन्द्र) कमजोर भइरहेको जिकिर गदै उनले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) अझै दल बन्न नसकेको टिप्पणी गरे ।


ओलीले अघिल्लो चुनावमा २३ सिटमा झरेको कांग्रेसलाई यस पटक १३ सिटमा झार्नुपर्ने बताए । कांग्रेससँग कुनै पनि एजेन्डा नभएकाले अघिल्लो सरकारको भण्डाफोर गर्ने नीति भनेर हल्ला गरेको पनि ओलीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय