युक्रेनमा जारी युद्धको अन्त्य गर्न रुसको चार सर्त

Share :

काठमाडौं । युक्रेनमा जारी युद्धको अन्त्य गर्न लागि रुसले चार सर्त अघि सारेको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले टर्कीका राष्ट्रपति रिसेप एर्डोगानसँगको टेलिफोन संवादका क्रममा चार श्रेणीका सर्त राख्नुभएको हो । टर्कीस अधिकारीहरुका अनुसार पुटिनले पहिलो सर्तको रुपमा युक्रेन नाटोमा संलग्न हुन नहुने र उसको भूमिका युरोप तथा रुसकाबीच न्युट्रल हुनुपर्ने रहेको छ ।

त्यस्तै रुसका लागि युक्रेन चुनौती बन्ने छैन भन्ने ग्यारेन्टीका लागि युक्रेनको निशस्त्रीकरण गरिनुपर्ने अर्को सर्त रहेको छ । युक्रेनमा रुसी भाषाको संरक्षण तथा रुसी भाषीहरुको अधिकार सम्बन्धि माग पनि पुटिनले राख्नुभएको टर्कीस अधिकारीहरुले बताएका छन् ।


पुटिनले दुई देशबीच शान्ति सम्झौता हुनुअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग आम्नेसाम्ने वार्ताको सर्त पनि राख्नुभएको जनाइएको छ ।

त्यस्तै रुसले कब्जा गरेको क्राईमिया तथा हालै रुसले स्वतन्त्र राष्ट्रको मान्यता दिएका दोनेत्स्क र लुहांग्सलाई युक्रेनले पनि मान्यता दिनुपर्ने सर्त पनि रुसको रहेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय