विश्वकप लिग टु अन्तर्गत नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दै

Share :

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले आज शुक्रबार यूएईसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र घरेलु टोली युएईबीचको खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे युएईको शारजाह क्रिकेट स्टेडियममा सुरु हुनेछ ।

आज युएईलाई हराउँदै नेपाल सिरिजमा लगातार दोस्रो जित निकाल्न चाहन्छ । युएई पनि लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ ।


पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई २ विकेटले हराएको थियो भने युएईले पहिलो खेलमा पपुवा न्युगिनीलाई नै ७ विकेटले हराएको थियो ।

नेपाल ९ खेलमा ५ मा जित र ४ मा हारसहित १० अंक जोड्दै छैटौं स्थानमा छ । युएई १५ खेलमा ८ मा जित र ५ मा हारसहित १८ अंकका साथ दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय