३ महत्वपूर्ण स्थानमा युवा सशक्तीकरण संजालले राख्यो राष्ट्रिय झण्डा

Share :

इलाम । रोङ गाउँपालिका युवा सशक्तीकरण संजाले बिभिन्न ३ महत्वपूर्ण स्थानमा नेपालको राष्ट्रिय झण्डा राखेको छ । संजालले गाउँपालिकाका पर्यटकीय तथा ऐतिहासीक स्थानहरुमा झण्डा राखेको हो ।

संजालले रोङ– ६ को झण्डीडाँडामा आज राष्ट्रिय झण्डा राखेको छ । गाउँपालिकाको महत्वपूर्ण पर्यटकीय गन्तव्य समेत बन्दै गएको झण्डीडाँडामा झण्डा स्थापना गरिएपछि निक्कै आकर्षक देखिएको स्थानीयले बताएका छन् । झण्डीडाँडामा स्थानीय जनप्रतिनिधि केशर बहादुर प्रधान र स्थानीयहरुको उपस्थितीमा झण्डा राखिएको संजालका अध्यक्ष तेज राज आचार्यले जानकारी दिए ।


संजालले यसअघि आजै रोङ गाउँपालिकाको ४ नम्बर वडा मेची राजमार्ग अन्र्तगत ईलाम जिल्लाको प्रबेशद्वार जोरकलसमा पनि राष्ट्रिय झण्डा राखेको छ । वडा नम्बर ४ का वडाअध्यक्ष सूर्य राई, सुरक्षा निकायका प्रतिनिधि र पर्यटन सुचना केन्द्र जोरकलसका प्रतिनिधिको उपस्थीतिमा राष्ट्रिय झण्डा राखिएको संजालका अध्यक्ष आचार्यले बताए ।

त्यस्तै रोङ गाउँपालिकाको ३ नम्बर वडा अन्र्तगतको पर्यटकीय तथा ऐतिहासीक स्थान करसोङ्ग पदमार्गको गुगल पोईन्टमा पनि संजालले आजै राष्ट्रिय झण्डा राखेको छ । ३ नम्बर वडाका वडाअध्यक्ष मात्रिका बराल र स्थानीयको सहभागितामा गुगल पोईन्टमा झण्डा राखिएको अध्यक्ष आचार्यले बताए ।

तिनै स्थानमा भएको झण्डा स्थापना गर्ने कार्यक्रममा संजालका सचिव दिनेश निरौला तथा सदस्यहरु रामचन्द्र मैनाली, राजेन्द्र खुलाल, सुसन बिष्ट लगायतको उपस्तिथि थियो ।

युवाहरुको क्षेत्रमा सक्रिय रुपमा लागि परेको संजालले चेतना विकास, स्वरोजगार तथा नेतृत्व विकास र सामाजिक रुपान्तरणको क्षेत्रमा काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय