गोल्डकपको उपाधी भिडन्त सोमबार : झापा ११ र आर्मी भिड्ने

Share :

विर्तामोड । नेपाल आईस पाचौँ झापा गोल्डकपको उपाधि भिडन्त सोमबार हुदैँछ । मुलककै चर्चित झापा गोल्डकपको पाचौँ संस्करणको उपाधिका लागि घरेलु टोली झापा ११ र विभागीय टोली त्रिभुवन आर्मीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

बिर्तामोडस्थित होटल दि किङ्सबरीमा आईतबार आयोजित प्रि म्याच कन्फ्रेन्समा दुवै टोलिले उपाधि जित्ने दावी गरे । घरेलु टोलि झापा ११ ले यो पटक उपाधी सुरक्षीत गर्ने टिम प्रशिक्षक सन्तोष गुरुङले बताए । झापा ११ लगातार झापा गोल्डकपमा पाँचौ पटक फाईनलमा प्रवेश गरेको हो । गोल्डपको सबै संस्करणमा फाईनल पुगे पनि झापा ११ ले हालसम्म उपाधि जित्न सकेको छैन् । झापा ११ का कप्तान बिशाल राईले यो पटक भने उपाधि जित्ने रणनितिका साथ आफुहरु मैदानमा उत्रिने बताए ।


चौथो पटक फाईनलमा पुगेको आर्मी पनि उपाधि जित्ने दाउमा छ । आर्मीले झापा गोल्डकपको यसअघिको ३ वटा संस्करणको उपाधि जिती सकेको छ । प्रि म्याच कन्फ्रेन्समा आर्मीका प्रशिक्षक नविन न्यौपानेले यो पटक पनि उपाधि जित्ने दावी गरे । झापा ११ मा पुरानो खेलाडीहरु नहुदाँ प्रतिस्पर्धा सहज हुने आंकल गरेको उनले बताए । लामो समयको रेष्ट पछि खेलमा फर्कीएका आर्मीक कप्तान नवयूग श्रेष्ठले पनि आफुहरु जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रने तयारीमा रहेको बताए ।


झापा ११ ले आरपी एफसी सिक्किमलाई क्वाटरफाईनलमा र संकटा क्लबलाई सेमीफाईनलमा पराजित गरेर फाईनलको यात्रा तय गरेको हो । आर्मीले यो संस्करणमा एम एफसी दार्जिलिङलाई क्वाटरफाईनल र सातदोबाटो यूथ क्लबलाई सेमीफाईनलमा पराजित गरेर फाईनलको यात्रा तय गरेको हो ।

प्रि म्याच कन्फ्रेन्सका लागि आयोजित पत्रकार सम्म्ेलनमा झापा गोल्डकपले यो बर्ष लाईफ टाईम अचिभमेन्ट अवाड झापा ११ का खेलाडी विशाल राई ‘ए’ लाई प्रदान गर्ने गोल्डकपका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए ।

अवाड पाउने खेलाडीलाई एक थान मोटरसाईकल प्रदान गरिने बताइएको छ । फागुन २१ गतेदेखि सुरु भएको प्रतियोगिताको विजेताले विजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख पाँच हजार रुपैयाँ नगद प्राप्त गर्ने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउने छन् ।

उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई नगर २१ हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वाधिक गोलकर्ताले नगद २५ हजार पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय