झापा गोल्डकप : आज सिक्किमको आरपी एफसीविरुद्ध झापा ११ भिडने

Share :

बिर्तामोड । झापा गोल्डकप अन्तर्गत आज भारत सिक्किमको आरपी एफसीविरुद्ध हुने अन्तिम क्वार्टर फाइनल खेलमा घरेलु टोली झापा ११ फुटबल क्लबले अधिकांश राष्ट्रिय खेलाडी मैदान उतार्ने भएको छ ।

झापा ११ फुटबल क्लबका मुख्य प्रशिक्षक सन्तोष गुरुङका अनुसार घरेलु टोलीको कप्तानी विशाल राईले सम्हल्ने भएका छन् । उनी पछिल्लो समय लिग विजेता मछिन्द्र क्लबबाट व्यावसायिक फुटबल खेल्दै आएका छन् ।

झापाको टिम सदस्यहरुमा देवेन्द्र तामाङ, विश्वास श्रेष्ठ, विमल घर्ती मगर, आन्द्रेस मिया, सत्यम श्रेष्ठ, रुमेश बर्तौला, मनिष थापा, रामजीलगायतका राष्ट्रिय खेलाडी मैदान उत्रिने प्रशिक्षक गुरुङले जानकारी दिए ।


त्यस्तै, झापाको पोस्ट दिप कार्कीको जिम्मामा परेको छ । उनी राष्ट्रिय टोलीका सदस्य हुन् । झापाबाट अन्य खेलाडीहरुमा सी डिभिजन लिग खेलेका युवा खेलाडी रहेका छन् ।

यसैबीच, प्रतियोगितामा दुवै टिम सोझै क्वार्टर फाइनल खेल्न लागेका हुन् । आजको खेल अत्यन्तै रोमान्चक र प्रतिस्पर्धात्मक हुने आयोजकले जनाएको छ ।

घरेलु दर्शको भरपूर समर्थनका साथका सिक्किमलाई स्तब्ध पार्दै अर्को चरण प्रवेश गर्ने झापा ११ को दाउ छ । विगतको स्करणमा जस्तो यसपटक झापा ११ को सेट टिम नभए पनि सशक्त टिम निर्माण भएको गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय