एमसीसी बारे सत्ता गठबन्धनको निर्णायक बैठक आज बस्दै

Share :

काठमाडौं । अमेरिकी सहयोग सम्झौता एमसीसी संसदमा अघि बढाउने विषयमा सत्ता गठबन्धनमा मतभेद चुलिएपछि एमसीसीबारे निर्णायक छलफल गर्न प्रधानमन्त्री देउवाले आज सत्ता गठबन्धनको बैठक बोलाउनुभएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि प्रधानमन्त्री देउवाले गठबन्धनको बैठक बोलाउनुभएको हो ।

एमसीसी संसदमा पेश गर्ने वा नगर्ने भन्ने अन्तिम निर्णय आज अपरान्ह ३ बजे बस्ने गठबन्धन दलहरुको बैठकले गर्ने छ ।


बुधबार बसेको नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले दलहरुबीच सहमति नगरी एमसीसी टेबल गर्न नहुने निर्णय गरेपछि प्रधानमन्त्री देउवा अप्ठेरोमा पर्नुभएको छ ।

माओवादी केन्द्रले दलीय सहमति बिना एमसीसी प्रस्ताव संसदमा लगे सरकारबाट बाहिरिने घोषणा समेत गरेकाले सत्ता गठबन्धन पनि विघटनको डिलमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय