अर्जुनधारा जेसीजद्वारा खोला मजदुरलाई सामग्री सहयोग

Share :

अर्जुनधारा । अर्जुनधारा जेसीजले खोलामा जिविकोपार्जन गर्ने मजदुरलाई आवश्यक सामग्री प्रदान गरेको छ । जेसीजले अर्जुनधारा–७ स्थित विरिङमा खोलााम बुधबार एक कार्यक्रमका बिच खोला मजदुरलाई आवश्यक पर्ने तार जाली र बेल्चा वितरण गरेको हो ।

अर्जुनधारा नगरपालिका वडा नं. ७ का अध्यक्ष नवराम ढुंगानाको प्रमुख आतिथ्यतामा भएको सामग्री वितरण कार्यक्रममा वर्ष २०२२ का अध्यक्ष भीमबहादुर कुँवरको अध्यक्षता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि ढुंगानाले मजदुरहरुप्रति सहयोग सद्भाव राख्ने जेसीज भावनाको प्रशंसा गरेका छन्।


त्यस्तै कार्यक्रममा बोल्दै अर्जुनधारा जेसिज वर्ष २०१५ का अध्यक्ष दिपीन राईले सिर्जनात्मक काममा जेसीज अगाडि भएकाले नदेखिने क्षेत्रमा जेसीजले काम, कर्तव्य र सद्भाव फैलाउँदै जाने बताए। त्यसैगरी वर्ष २०१७ का अध्यक्ष प्रल्हाद ढुंगानाले जेसीज टिमप्रती आभार प्रकट गर्दै अर्जुनधारालाई नयाँ उचाइमा पुर्याउन नयाँ कार्यक्रम बनाउँदै जान आग्रह गरे । त्यस्तै संयोजक भवानी बरालले अहिलेलाई २५ खोलामा काम गर्ने मजदुरलाई सामग्री वितरण गरिएको र नपुगेका खोला मजदुरका लागि फेरी अर्को पटक वितरण गरिने जानकारी दिए।

आफुहरुलाई कार्यस्थल (खोला)मै आएर सामाग्री वितरण गरि जेसीजले सहयोग पुर्याएको भन्दै मजदुर टेकबहादुर राईले धन्यवाद दिएका थिए । कोषाध्यक्ष बालगोपाल गौतमले आस्था वाचन गर्नुभएको कार्यक्रममा कार्यकारी उपाध्यक्ष प्रेम खड्काले धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन महासचिब बरुण कुमार माझीले गरेका थिए ।

भर्खरै मात्र कार्यभार सम्हालेको अर्जुनधारा जेसीज बर्ष २०२२ को टिमले विभिन्न कार्यक्रमहरू गर्दै समाज सेवाका क्षेत्रमा आफ्नो गतिविधिहरु सकृयताका साथ अगाडी बढाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय