खुदुनाबारीमा क्षमात विकास र बुटिक तथा क्रिष्टल चुरा निर्माण तालिम समापन

Share :

खुदुनाबारी । झापाको अर्जुनधारा नगरपालिका ३ मा संचालन भएको नेतृत्व तथा क्षमात विकास साथै बुटिक तथा क्रिष्टल चुरा निर्माण तालिम समापन भएको छ ।

३ नम्बर बडाको आर्थिक लगानी तथा नमुना दिदीबहिनी उपभोक्त समितिको आयोजनामा भएको तालिमको मंगलबार एक कार्यक्रमका बिच समापन गरिएको हो ।

समापन कार्यक्रमका प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका नगरप्रमुख हरिकुमार राना, विशेष अतिथि उप–प्रमुख कमला खतिवडा लगायतले सहभागिहरुलाई सम्मानपत्र प्रदान गरेका थिए ।


९ दिन सम्म चलेको क्षमता विकास तालिममा ३० जना र १५ दिन सम्म संचालन भएको बुटिक तथा क्रिष्टल निर्माण तालिममा २५ जना महिला सहभागी भएका थिए ।

वडाको आर्थिक बर्ष २०७८, ७९ को महिला लक्षित कार्यक्रमका लागि बिनियोजित बजेट अन्तर्गत ३ लाख लागतमा तालिम सन्चालन गरिएको ३ नम्बर वडाका सचीव खगेन्द्र लिङ्देनले जानकारी दिए ।

गोपल गौरी दिगो विकास प्रतिस्ठानले समन्वय गरेको तालिममा नेतृत्व विकास तर्फ सन्चारकर्मी लिला अनमोल र बुटिक तथा क्रिष्टल चुरा निर्माण तर्फको तालिमलाई सृजना राई र धनमाया पौडेल भण्डारीले प्रशिक्षण दिएका थिए । तालिम समापन कार्यक्रममा प्रशिक्षकहरुलाई सम्मान गरिएको थियो ।

समितिकी अध्यक्ष देवमाया चापागाईको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सस्थाको सचिव रेनुका खबासले गरेकी थिइन । कार्यक्रममा नगर प्रमुख राना, नगर उपप्रमुख खतिवडा, वडा अध्यक्ष जीवन भण्डारी, कार्यपालिका सदस्य दिलमाया दास, गोपल गौरी दिगो विकास प्रतिष्ठानको केन्द्रिय अध्यक्ष ईन्दिरा गौतम लगायतले शुभकामना मनतब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय