मंगलबार १२ हजार संक्रमित, ३ हजार संक्रमणमुक्त

Share :

काठमाडौं । देशभर मंगलबार १२ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार गत २४ घण्टामा २५ हजार ९ सय ९ जनाको परीक्षण गर्दा १२ हजार ८ जनामा संक्रमण पुष्टि भएको हो।

यो अवधिमा ३ हजार ४० जना संक्रमणमुक्त भएका छन् भने ८ जनाको मृत्यु भएको छ।


देशभर सक्रिय संक्रमितको संख्या ८८ हजार ९ सय ३४ पुगेको छ। जसमध्ये ८७ हजार १ सय १७ जना होम आइसोलेसनमा छन् भने १ हजार ८ सय १७ जना संस्थागत आइसोलेसनमा रहेका मन्त्रालयले जनाएको छ।

मन्त्रालयको विवरणअनुसार २ सय ४५ जना आइसियु र ४४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय