उकालो लाग्दै कोरोना संक्रमण, ५४० संक्रमित थपिए

Share :

काठमाडौं । नेपालमा कोरोना संक्रमण लगातार उकालो लाग्न थालेको छ। गत २४ घण्टामा ५ सय ४० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो संख्या बुधबारको तुलनामा झण्डै एक सयले बढी हो। बुधबार ४ सय ३५ संक्रमित थपिएका थिए।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार २ सय ९ जनामा पिसिआर परीक्षण गर्दा ४ सय ७८ र ४ हजार ८ सय ९० जनाको एन्टिजेन परीक्षण गर्दा ६२ जनामा संक्रमण पुष्टि भएको हो। यो अवधिमा २ सय ७१ जना संक्रमणमुक्त भएको र एकजनाको मृत्यु भएको मन्त्रालयको विवरण छ। संक्रमित भन्दा संक्रमणमुक्त हुने संख्या घट्दै गएपछि सक्रिय संक्रमित बढेका छन्।

हाल देशभर ५ हजार ४ सय ३१ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ। जसमध्ये ५ हजार ६९ जना होम आइसोलेसन र ३ सय ६२ जना संस्थागत आइसोलेसनमा छन्। अस्पतालमा रहेकामध्ये ७९ जना आइसियु र १४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय