पुष्पाको कमाइ ५ सय करोड नजिक

Share :

एजेन्सी, पुस ७ । अल्लु अर्जुन अभिनीत बहुप्रतीक्षित तेलुगु फिल्म पुष्पा प्रदर्शनमा आएको पाँच दिनमै भारतीय रुपैयाँ २ सय करोडको आँकडा पार गरेको छ। शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्मले सुरुवाती पाँच दिनमै विश्वभरबाट २ सय २० करोडभन्दा बढी कारोबार गरेको हो।

यसअघि सुरुवाती तीन दिनमै १ सय ४० करोडभन्दा बढीको बक्स अफिस कलेक्सन गर्दै वर्षको सबैभन्दा ठूलो भारतीय फिल्म बनेको थियो। पहिलो हप्ताको वर्ल्ड वाइड कलेक्सन १ सय ७० करोडभन्दा बढी पुगेको थियो।

२ सय देखि २ सय ५० करोड लगानीमा बनाइएको फिल्मको डिजिटल राइट प्रदर्शनअघि नै २ सय ५३ करोडमा विक्री भइसकेको थियो। यसरी फिल्मको आम्दानी ५ सय करोड नजिक पुगेको छ।


तेलुगुसँगै हिन्दी, मलयालम, तमिल, अंग्रेजी लगायतका विभिन्न भाषामा प्रदर्शन भएको फिल्म यो वर्षको सबैभन्दा सफल भारतीय फिल्म त बनेको छ। साथै बक्स अफिसमा विभिन्न कीर्तिमान पनि बनाइरहेको छ।

 नेपालमा पनि शुक्रबारदेखि नै प्रदर्शनमा आएको फिल्मका अधिकांश शो हाउसफुल रहेका छन्।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय