नेपालमा थप एकजनामा ओमिक्रोन भेरियन्ट पुष्टि

Share :

काठमाडौँ, पुस ७ । नेपालमा थप एक जनामा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार ९८ वर्षका एक वृद्धमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता डा. संगीता मिश्राले संक्रमित व्यक्ति होम आइसोलेशनमा रहेको जानकारी दिइन् । उनले कन्ट्याक्टट्रेसिङ पनि भइसकेको बताइन् । यो सँगै नेपालमा ओमिक्रोन संक्रमणको तेस्रो केस पुष्टि भएको हो ।

यसअघि मंसिर १९ गते दुईजनामा ओमिक्रोन संक्रमण पुष्टि भएको थियो ।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय