राजनैतिक जिम्मेवारी लिएसंगै सक्रिय पत्रकारितामा नरहने हुँमागाईको घोषणा

Share :

झापा, पुस ४ । नेपाल पत्रकार महासंघ केन्द्रीय परिषद् सदस्य कृष्ण हुमागाईले आफू सक्रिय पत्रकारितामा नरहने घोषणा गर्नु भएको छ ।

नेपाल पत्रकार महासंघ झापाका पूर्व सभापति समेत रहनु भएका पत्रकार हुँमागाईले आफू अब सक्रिय पत्रकारितामा नरहने तर सञ्चार उद्यमीका रुपमा समाजमा स्थापित हुने घोषणा गर्नुभएको हो ।

नेपाली कांग्रेसको १४ औं जिल्ला अधिबेशनबाट सचिव पदमा निर्वाचित भएपछि पत्रकार हुमागाईले सक्रिय पत्रकारिता छाड्ने घोषणा गर्नुभएको हो । उहाँले आज नेपाल पत्रकार महासंघ झापामा पत्रकार सम्मेलन गर्दै नेपाल पत्रकार महासंघ केन्द्रीय परिषद सदस्य र भवन निर्माण अनुगमन समिति सदस्य पदबाट समेत राजीनामा दिनुभएको हो ।


राजीनामा पत्र नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई प्रदान गर्नुभयो ।

सञ्चार उद्यमीको रुपमा रहेर आफूद्वारा सम्पादित/प्रकाशित जय लोकतन्त्र साप्ताहिक पत्रिकालाई भने कर्मचारीमार्फत प्रकाशनमा निरन्तरता दिने बताउनुभयो । २० बर्षको उमेर हुँदा देखिनै आफू २०४५ सालबाट पत्रकारिता पेशामा आबद्ध रहेको बताउनु भएका हुँमागाईले आफू ५३ बर्ष पूरा गरुन्जेल लगभग ३४ बर्ष सम्म झापामा रहेर सक्रिय पत्रकारिता गरेको बताउनुभयो ।

यसअवधिमा नेपाल पत्रकार महासंघ झापाको सचिव, उपसभापति हुँदै सभापति हुनुभएका उहाँले २०६२/०६३ को लोकतान्त्रिक आन्दोलनमा खेलेको अग्रणी भूमिकाकै कारण पत्रकारिता र राजनीतिक वृत्तमा चर्चामा आउनुभएको थियो ।

२०६२/०६३ को जनआन्दोलनमा सक्रियता देखाएकै कारण उहाँ पटक–पटक पक्राऊ पर्नुका साथै निर्वासित जीवन विताउनु परेको थियो भने भारतीय प्रहरीले पक्राऊ गरी जलपाइगुरीस्थित भक्तिनगर थानामा केहीदिन हिरासतमा राखेको थियो ।

नेपाल पत्रकार महासंघको अध्यक्ष रहँदा भद्रपुरस्थित महासंघको भवन निर्माण र बिर्तामोडमा जग्गा जोड्ने कार्यमा महत्वपूर्ण भूमिका पत्रकार हुँमागाईको रहेको थियो । सक्रिय राजनीतिमा रहेर पनि महासंघको संस्थागत विकास एवं प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको पक्षमा आफ्नो सदैव सहयोग रहने हुमागाईले बताउनुभयो ।

राष्ट्रियता, प्रजातन्त्र, समाजवादको पक्षमा २०४५ सालबाट मिसन पत्रकारिता थाल्नुभएका हुमागाई नेपाल प्रेस युनियन झापाको पूर्व अध्यक्ष एवं पूर्व केन्द्रीय सदस्य पनि हुनुहुन्छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व महासचिव चन्द्र भण्डारी, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, प्रदेश सदस्य सुरेन्द्र भण्डारी, उपाध्यक्ष केशव भट्टराई, पत्रकार महासंघ केन्द्रीय परिषद सदस्य गोपाल काफ्ले, प्रेस चौतारीका केन्द्रीय सदस्य मुक्ति पौडेल, नेपाल प्रेस युनियन झापाका अध्यक्ष इन्दू पूर्वेली, फोटो पत्रकार संघका अध्यक्ष विनोद पाण्डे लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।

हुँमागाईले नेपाल पत्रकार महासंघको केन्द्रीय परिषद सदस्य र भवन निर्माण अनुगमन समिति सदस्य पदबाट दिएको राजीनामा पत्र

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय