कृष्ण मा.वि.को स्वर्ण जयन्ती : स्मारकको उद्घाटन, एकसय बढीलाई सम्मान

Share :

इलाम, २७ मंसिर । माई नगरपालिका–५ स्थित थाक्लेमा रहेको कृष्ण माध्यमिक विद्यालयले १ सय जना भन्दा बढीलाई सम्मान गरेको छ । सोमबार आयोजित स्वर्ण जयन्तीको अवसरमा बिभिन्न क्षेत्रबाट सहयोग गर्ने व्यत्तिहरुलाई बिद्यालयले सम्मान गरेको हो ।

संबिधान सभाका अध्यक्ष तथा नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको प्रमुख अतिथ्यता रहेको कार्याक्रममा विद्यालले राष्ट्रिय कलाकार बलराम समाल, विद्यालयलाई निःशुल्क जग्गा उपलब्ध गराउने जग्गादाता परिवारका सदस्यहरु जीतमान राई, दलुदास राई र लच्छीमाया राईसँगै दाता, पूर्व प्रधानाध्यापक, पूर्व विद्यालय व्यवस्थापन समितिका पदाधिकारी गरी १३० जनालाई सम्मान गरेको हो ।


कार्यक्रममा प्रमुख अतिथी नेम्वाङले अबको गन्तव्य ‘समृद्ध नेपाल सुखी नेपाली’ भएको हुँदा सबै दल मिलेर अगाडि बढ्नुपर्ने धारणा राखेका थिए । त्यस्तै विद्यालयले शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको लागि उनले विद्यालय परिवारप्रति धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा बिर्तामोडस्थित बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले उक्त विद्यालयको विकासको लागि आफूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । प्रसाईंले सो क्षेत्रका विपन्न दुई सय परिवारका लागि अस्पतालले निःशुल्क स्वास्थ्य बीमा गरिदिने घोषणा गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशरकुमार राईको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि नेम्वाङले विद्यालय परिसरमा नवनिर्मित ‘स्वर्ण जयन्ती स्मारक’को उद्घाटन समेत गरेका थिए ।

कार्यक्रममा प्रदेश नं.१का सांसद् काजीमान कागते, पार्टी प्रदेश कमिटीका सदस्य धुव्रकुमार श्रेष्ठ, जनता समाजवादी पार्टी इलामका सदस्य दीर्पादास राईलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय