महाधिवेशन मतदान अपडेट : ४ बजेसम्ममा १३ सय भन्दाबढी मत खस्यो

Share :

काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जारी मतदानमा करिब मध्यान्ह ४ बजेसम्ममा १३ सय १० मत खसेको छ। यसमध्ये सभागृहको मतदानस्थलमा ५०० र प्रदर्शनिमार्गको स्थलमा ८१० मत खसेको निर्वाचन समितिले जनाएको छ।

कांग्रेसको १३४ पदका लागि ४९१ जना चुनावी मैदानमा छन् भने चार हजार सात सय ४३ जनाले मतदान गर्दैछन्।

बेलुकी ५ बजेसम्मका लागि मतदानको कार्यतालिका रहेको भए तापनि बिहान करिब ३ घण्टा ढिला मतदान सुरु भएकाले मतदान सकिँदासम्म राति हुने पक्कापक्की छ।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय