हवाई दुर्घटनामा भारतीय रक्षा प्रमुख विपिन रावतको समेत मृत्यु

Share :

एजेन्सी, २२ मंसिर । भारतीय रक्षा प्रमुख (चिफ अफ डिफेन्स स्टाफ) विपिन रावतको हेलिकपटर दुर्घटनामा मृत्यु भएको छ । उनि चढेको सेनाको हेलिकप्टर बुधबार दिउँसो तमिलनाडुको कुन्नूरमा दुर्घटनाग्रस्त भएको हो।

हेलिकप्टरमा रहेका रक्षा प्रमुख रावतका साथै उनकी पत्नी र अन्य सैनिक अधिकारी पनि दुर्घटनामा परेका थिए । रावतकी पत्नीको पनि दुर्घटनामा मृत्यु भएको छ।

रक्षा प्रमुख जनरल रावतसहित ती सबै जना चढेको सैनिक हेलिकप्टर आज दिउँसो दुर्घटनामा परेको थियो।


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा रक्षा प्रमुख रावतको असामयिक मृत्युमा दुःख व्यक्त गरेका छन्।

हेलिकप्टर दुर्घटनामा रावतको मृत्यु भएको भारतिय वायु सेना ले ट्विटर मार्फत पुष्टि गरेको हो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय