पुरानै खोपले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनमा पनि काम गर्ने : डब्ल्युएचओ

Share :

काठमाडौं, २२ मंसिर । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको नियन्त्रणमा पनि हाल प्रयोग भईरहेका खोपले काम गर्ने पाइएको जनाएको छ । ओमिक्रोन भेरियन्टको संक्रमण भए पनि खोप लगाएका ब्यक्तिहरु गम्भीर विरामी नपर्ने डब्ल्युएचओका अधिकारीहरुले बताएका हुन् ।

दक्षिण अफ्रिकाका ओमिक्रोन संक्रमितहरुमा गरिएको परीक्षणले खोपहरुको प्रभावकारिता पुष्टि गरेको हो । यद्यपी कुन हदसम्म खोपले काम गर्छ भन्ने निक्र्यौल भने हुन बाँकी रहेको छ । डब्लुएचओका डा. माइक रायनले ओमिक्रोन भेरिन्ट पनि खोपको प्रभावकारिता छल्न अन्य भेरियन्ट भन्दा चलाख नपाइएको बताए।

यसअघि फेला परेका कोरोनाका भेरियन्टहरु भन्दा बढी समस्या ओमिक्रोनले नल्याउने डब्ल्युएचओको निष्कर्ष छ । वैज्ञानिकहरुले भने ओमिक्रोनमा अहिलेसम्म विकसित खोपहरु छल्न सक्ने क्षमता बढी रहेको भन्दै सचेत रहन चेतावनी दिईरहेका छन् ।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय