काँग्रेस प्रदेश १ मा देउवा-सिटौला समूहका थापा निर्वाचित

Share :

झापा, २० मंसिर । नेपाली काँग्रेस प्रदेश १ मा सभापति शेरबहादुर देउवा र कृष्ण प्रसाद सिटौला गठबन्धनका उम्मेदवार उद्धव थापा निर्वाचित भएका छन् । कोइराला पक्षका उम्मेदवार गुरुराज घिमिरेलाई २ मतान्तरले पराजित गर्दै थापा निर्वाचित भएका हुन् ।

१७८४ मत मध्ये थापाले ८४४ र घिमिरेले ८४२ मत पाएका छन् । पदाधिकारीमा एक महामन्त्री बाहेकका अन्य पदहरूमा पनि थापा पक्ष नै निर्वाचित भएको छ । उपसभापतिमा संस्थापन पक्षका रमेशजंग रायमाझी ८९१ र टङ्कप्रसाद राई ८४७ मतसहित निर्वाचित भएका छन् ।

महामन्त्रीमा संस्थापन पक्षका भूपेन्द्र राई ८२४ र कोइराला पक्षका उमेश थापा ८२३ मत सहित विजयी भएका छन् । महामन्त्रीका अन्य उम्मेदवार पदम सुन्दर पालुङवाले ८०७ र दिपन कुमार श्रेष्ठले ७६४ मत पाएका छन् ।


सहमहामन्त्रीमा खड्ग फागो लोकप्रिय मतसहित विजयी भए । उनले १०२६ मत पाएका छन् । कोइराला पक्षले उम्मेदवार नबनाउने भएपछि गठबन्धनबाट उम्मेदवार भएका थिए। उर्लाबारी नगरपालिकाका मेयर समेत रहेका उनी प्रभावशाली नेताको रूपमा चिनिन्छन् । यसैगरी महिला सहमहामन्त्री पदमा संस्थापनकै प्रमिला गच्छदार ८३७ मतसहित विजयी भएकी छिन् ।

सहमहामन्त्रीका अन्य उम्मेदवारहरू विनोदकुमार बस्नेतले ७४७, सीता कार्कीले ७३३, रोहित कुमार शाहले ६६५, वीर काजी राईले ६४७ र शुभन्द्र राईले ८४ मत पाएका छन् । प्रदेश कार्यसमितिका सदस्यहरुको भने मतगणना जारी रहेको निर्वाचन समितिले जनाएको छ । सदस्यहरुको अन्तिम मतपरिणाम दिउँसो १२ वजे भित्रमा सार्वजनिक भईसक्ने निर्वाचन अधिकृत भरत थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय