वाटफोर्डलाई हराउँदै सिटी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा

Share :

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी जारी सिजन पहिलो पटक शिर्ष स्थानमा उक्लिएको छ। शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटीले वार्टफोर्डलाई ३-१ ले पराजित गर्दै अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको हो।

रहिम स्ट्रलिङले खेलको चौंथो मिनेटमानै फिल फोडेनको क्रसलाई आकर्षक हेड गर्दै पहिलो गोल गरे। खेलको सुरूवातमानै गोल गरेको सिटी पुरा अवधिभर वार्टफोर्ड माथि हावी भयो। पहिलो हाफमानै अग्रता दोब्बर बनाउने क्रममा बर्नान्डो सिल्भाले खेलको ३१ औ मिनेटमा अग्रता दोब्बर बनाए।

उनले दुई डिफेन्डर विट गर्दै आकर्षक गोल गरे। सिल्भालेनै ब्यक्तिगत दोस्रो तथा टीमका लागि तेस्रो गोल गरेका थिए। ६३ औ मिनेटमा सिल्भाले वाल्करको पासलाई सदुपयोग गरेका थिए।


वार्टफोर्डले भने ७४ औ मिनेटमा हर्नान्डेजको गोलबाट खेल्मा फर्कने प्रयास गरेपनि त्यसपछि दुबै टिमबाट कुनै गोल भएन्। सिटीले लगातार पछिल्ला ७ खेलमा जित निकालेपछि प्रशिक्षक ग्वार्डिओलाले भने ुहामि अविश्वसनिय रुपमा स्थिर छौं। हामीले राम्रो खेल्यौं तर धेरै अवसरहरु सिर्जना गर्यो।

प्रिमियर लिग अन्तर्गतको खेलमा शनिबार चेल्सी पराजित भएपछि सिटीले शिर्ष स्थानमा पुग्ने अवसर प्राप्त गर्यो। पराजित चेल्सी भने तेस्रो स्थानमा धकेलियो १५ खेलमा शिर्ष स्थानमा पुगेको सिटीले ३५ अंक बनाएको छ। भने लिभरपुल समान खेलबाट ३४ अंकका साथ दोस्रो ३३ अंकका साथ चेल्सी तेस्रो र २७ अंकका साथ वेस्टहयाम चौंथो स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय